बर्दिया । बर्दियामा एक दम्पतीले खोलाबाट दाउरा निकाल्ने क्रममा श्रीमती वेपत्ता भएकी छिन् भने उनका श्रीमान गम्भिर घाइते भएका छन ।
श्रीमान् र श्रीमती आज दिउँसो दाउरा निकाल्ने क्रममा श्रीमतीलाई खोलाले बगाएको हो भने श्रीमान्को घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
खोलाले बगाएको भन्ने खबर प्राप्त पश्चात् सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस कतर्नियाबाट खटिएका १० जना र नेपाल प्रहरीको संयुक्त टोलीले श्रीमान् जागु थारुलाई घाइते अवस्थामा उद्धार गरेको जनाएको छ ।
उनकी श्रीमती पार्वती थारुलाई खोलाले बगाई बेपत्ता बनाएको प्रहरीको भनाई छ । लगातारको वर्षा पछि बर्दियाका बबई नदी , ओराही खोला तथा बाँके संग सीमा जोडिएको मानखोलामा दाउरा टिप्ने मानिसको भिड लाग्ने गर्दछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच