काठमाडौं । हाँस्य कलाकार किरण केसी ‘राता मकै’ वातावरण संरक्षणको क्षेत्रमा कार्य गर्ने संस्था इको केयर प्रालिको ब्रान्डएम्बेस्डर (व्यावसायिक दूत)मा नियुक्त हुनुभएको छ ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पाँच वर्षका लागि उहाँलाई दूतमा नियुक्त गरिएको जानकारी दिइएको हो । उक्त कम्पनीले अत्याधुनिक प्रविधिको प्रयोग गरी इँट्टा उत्पादन गर्दै आएको छ । जैविक इन्धनको प्रयोग नगरी वातावरणमैत्री रूपमा इँट्टा उत्पादन गर्दै आएको कम्पनीको भनाइ छ ।
पत्रकार सम्मेलनमा अभिनेता केसीले डेढ महिना अध्ययन गरेरमात्रै आफू व्यावसायिक दूत बन्न तयार रहेको सुनाउनुभयो । ‘यस्तो प्रकारको इँट्टाले वातावरण संरक्षणमा पनि भूमिका खेल्ने देखियो । अध्ययनपछि मात्र म एम्बेसडर बन्न तयार भएको हूँ,’ उहाँले भन्नुभयो ।
विगतमा आफूले पनि इँट्टाभट्टा सञ्चालन गरेको बताउँदै केसीले इँट्टा पोल्दा प्रदूषण फैलिने भएकाले व्यवसाय छाडेको स्मरण गर्नुभयो । ‘विना प्रदूषण इँट्टा उत्पादन हुन्छ भनेपछि म दूत बन्न राजी भएँ,’ उहाँको भनाइ थियो । कम्पनीका संस्थापक अध्यक्ष विनोद श्रेष्ठका अनुसार पोलेर इँट्टा उत्पादन गर्ने परम्परागत शैलीको विकल्पका रूपमा इको केयरले स्थापना भएको हो । ‘हामीले उत्पादन गर्ने इँट्टा काँचो तर पाकेको इँट्टाभन्दा गुणस्तरीय छ’, उहाँले दाबी गर्नुभयो ।
थोरै जग्गा, कम लगानी र थोरै जनशक्तिमा विद्यामान इँट्टाभट्टाले भन्दा बढी इँट्टा उत्पादन गर्नसक्ने कम्पनीको दाबी छ । अन्य स्थानमा यस प्रविधिको प्रयोग गरी इट्टा उत्पादन गर्न चाहनेलाई इको केयरले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । ‘परम्परागतशैलीमा इँट्टा बनाउने उद्योगलाई हामीले विस्थापन गर्न खोजेको होइन । उहाँहरूका लागि सहज र सरल विधि परिचयमात्रै गराउन खोजेको हो । हाम्रो उद्देश्य नै कम वातावरण प्रदूषणमा गुणस्तरीय इँट्टा उत्पादन गर्नु हो,’ कम्पनीको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच