काठमाडौं । प्रतिकूल बकपत्र गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आज भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको कालिका नगरपालिका- ६ घर भई हाल पोखरा महानगरपालिका- १० बस्ने केशरीप्रसाद तिवारी र उर्मिला पौडेलविरुद्ध शुक्रबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जनाउनु भएको छ ।
प्रवक्ता घिमिरेका अनुसार उनीहरूलाई पोखरा महानगरपालिकाका सवइन्जिनियर उषाकिरण रोकायासमेत प्रतिवादी भएको मुद्दामा सरकारी साक्षीका रूपमा पेस गरिएको थियो । तर, तिवारी र पौडेलले विशेष अदालतसमक्ष बकपत्र गर्दा अनुसन्धानको क्रममा गरिएको भन्दा फरक बकपत्र गरेको अख्तियारले जनाएको छ ।
निजहरु केशरी प्रसाद तिवारी र उर्मिला पौडेलले आफ्नो कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. १० मा निर्माण भएको घरको सम्पन्न प्रमाण पत्र प्राप्त गर्न प्रतिवादीहरु शिव प्रसाद बराल, उषा किरण रोकाया, सुरज कुँवरसमेतलाई रु.३,५०,०००।–(तीन लाख पचास हजार रुपैयाँ) घुस/रिसवत रकम दिएको कार्य कसुर (Actus Reus) पुष्टि भएको र उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) अन्तर्गतको कसुर भएको अख्तियारकाे आराेपपत्रमा उल्लेख छ ।
आयोगले उनीहरू दुवै जनाविरुद्ध बिगो बमोजिमको जरिवाना र बिगो जफतको समेत मागदाबी गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच