
ओखलढुंगा । धरानबाट ओखढुंगातर्फ आउँदै गरेको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मानेभञ्ज्याङ गाउपालिका–५ स्थित जेरुङ्ग गाउँ काउलेपानीमा शुक्रबार दिउसो करिब २:२० बजेको समयमा दुर्घटना भएको हो ।
घाइते मध्ये एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । गम्भिर घाइते प्रहरी हवल्दार पुण्यबहादुर कार्की प्रदेश प्रहरी कार्यालय विराटनगरबाट रवाना लिई ओखलढुंगा कार्यालयमा हाजीर हुन आउँदै थिए ।
को १ ज २८३५ नम्बरको सुमो गाडी अचानक अनियन्त्रीत भई सडकबाट अन्दाजी १० मिटर तल खसेको थियो । सुमोमा चालकसहित १२ जना यात्रु रहेको प्रहरीले जानकारी दिएको छ ।
घाईते हुनेहरुमा सुन्दर हरैचा नगरपालिका वडा नं ६ का १९ वर्षिय सुमन लिम्बु सुमो चालकको ढाड र दाहिने खुट्टा नचल्ने, सोहि ठाउँ बस्ने ५० वर्षिय उदय लिम्बुको दाहिनेपट्टीको चल्लीमा चोट लागेको, ओखलढुंगा जिल्ला चिशंखुगढी गाउँपालिका वडा नं १ की २५ वर्षिय राधीका राईको ढाड नचल्ने भएको, सोही ठाउँकी ८६ वर्षिय धनमाया मगरको दाहिने गालामा चोट लागेको, सोई धनमाया मगरको नाति २० वर्षिय शेखर मगरको बाहिरी चोट नदेखिएको, सोई ठाउँकी २८ वर्षिय सुनिता राइको ढाडमा समस्या भएको निजको ३ वर्षिय छोरा कवाङ्ग तामङ्ग सामान्य घाइते, सोई ठाउँका २५ वर्षिय बेनी बहादुर कार्कीको नाँकमा चोट लागेको, सोई ठाउँका २१ वर्षिय किरण कार्कीको बाँया खुट्टामा चोट लागेको सामन्य अवस्था रहेको, सोई ठाउँकी ५६ वर्षिय सिता कुमारी निरौला सामान्य घाइते, सोई ठाउँका ६० वर्षिय पेशल कुमार निरौला सामन्य घाइते रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जानकारी दिएको छ ।
दुर्घटना हुनासाथ स्थानियबासी र प्रहरी टोलीले घाइतेहरुको उद्धार गरी उपचारमा पठाएका छन् । घाइतेहरुको सामुदायिक अस्पताल मिसन सोब्रुमा उपचार भईरहेको जानकारी प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच