
काठमाडौं । राष्ट्रिय विभूति अमरसिंह प्रतिष्ठानको आयोजनामा अमर शहीद अमरसिंह थापाको २०८औँ स्मृति दिवस सम्पन्न भएको छ ।
नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण कक्षमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रक्षामन्त्री मानवीर राईले हाम्रा पूर्वजहरूको सौर्य र बलिदानबाट निर्मित देशको स्वतन्त्रता, सार्वभौमसत्ता र स्वाभिमानको रक्षा गर्नु प्रत्येक नेपालीको दायित्व भएको बताउनुहुँदै अमरसिंह थापा, भक्ति थापा, वीर बलभद्र, भीमसेना थापा, कालु पाण्डेको योगदान सदा स्मरणीय रहने विचार प्रकट गर्नुभयो ।
कार्यक्रममा इतिहासवेत्ता प्रा. दिनेशराज पन्त, प्रा.डा. राजाराम सुवेदी, डा. धनबहादुर कुँवर र डा. प्रेमसिंह बस्नेतसहितले अमर शहीद अमरसिंहको योगदान र आजको नेपालको अवस्थाबारे तुलनात्मक रूपमा मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रतिष्ठानका सभापति कृष्णबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष नवराज थापाले अमरसिंहको व्यक्तित्वको चर्चा गर्नुभएको थियो भने कवयित्री अनुराधा थापाले अमरसिंहबारेको कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकार डा. शशि थापाले कांगडा पुगेर अमरसिंहको योगदानको अवलोकन गर्न पाएको स्मृति वर्णन गर्नुभएको थियो । प्रतिष्ठानले हरेक साल अमरसिंह स्मृति दिवस मनाउने गरेको छ । तर, वक्ताहरूले यस्ता शहीदहरूको स्मृति सम्मान कार्यक्रमहरू सरकारले नै आयोजना गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच