जिल्ला अस्पताल हुम्लाले एक वर्षमा १५ हजार छ सय साठी विरामीलाई दियो सेवा

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 4 mins

हुम्ला । जिल्ला अस्पताल हुम्लाले आर्थिक वर्ष २०८०/०८१ मा पन्ध्र हजार छ सय साठी जनालाई सेवा दिएको छ ।

एक मात्रै जिल्ला अस्पताल हुम्लाले झण्डै २७ किसिमका विरामीको उपचार गरेको बताइएको छ । अस्पतालले सामान्यदेखि जटिल किसिमका विरामीको उपचार गरेर सेवा प्रदान गरेको जानकारी दिएकाे छ ।

ओ.पि.डी सेवामा तेह्र हजार सात सय ६१ जनाको चेकजाँच भएको जिल्ला अस्पताल हुम्लाका मेडिकल रेकर्ड सुपरभाईजर दुर्गा बहादुर श्रेष्ठले बताउनुभयो । सुपरभाईजर श्रेष्ठकाअनुसार, जिल्ला अस्पताल हुम्लाले ईमर्जेन्सी सेवामा एक हजार, एक सय ९२, अन्तरङ्ग सेवा (बिरामी भर्ना) नौ सय ९९, खोप सेवा छ सय ८७, पोषण सेवा एक हजार चार सय ७०, शिघ्र कडा कुपोषणको व्यवस्थापन १९, प्रसुती सेवा (सामान्य) एक सय १९, प्रसुती सेवा (औजार बाट) १४, प्रसुती सेवा (अप्रेशन विधिबाट) १५ जनालाई सेवा दिइएको बताउनुभयो ।

यस्तै सुरक्षित गर्भपतन सेवा एक सय २१, पुरुष बन्ध्याकरण १२, परिवार नियोजन सेवा (नयाँ प्रयोगकर्ता) दुई सय चालीस, पाठेघरको क्यान्सर (भी.आई.ए.पोजिटिभ) ४, पाठेघर खस्ने समस्याको व्यवस्थापन ३३, प्रेषण भई आएका ८१, प्रेषण भई जिल्ला बाहिर रिफर गरिएका तीन सय ११ जना रहेको श्रेष्ठले बताउनुभयो । त्यसैगरी प्रयोगशाला सेवा छ हजार तीन सय, भि.डि.यो एक्सरे सेवा दुई हजार तीन सय २०, एक्सरे सेवा दुई हजार एक सय चालीस, ई.सि.जि सेवा दुई सय ७९, नसर्ने रोग व्यवस्थापन पाँच सय ४७, मानसिक रोग व्यवस्थापन ५९ र पाँच वर्ष मुनिका बालबालिकाको समस्याहरुको एकिकृत पाँच सय ९६ जनाले सेवा लिएको जिल्ला अस्पताल हुम्लाका मेडिकल रेकर्ड सुपरभाईजर श्रेष्ठले जानकारी दिनुभयो । यी २४ प्रकारका रोगका १४ हजार तीन सय, ६० जनाको जिल्ला अस्पतालले सेवा दिएको बताउनुभयो ।

यसैगरी जिल्ला अस्पतालमै रहेको सामाजिक सुरक्षा कोषबाट एक हजार दुई ६० जनाको निःशुल्क उपचार गरिएको सामाजिक सुरक्षा इकाईका फोकल पर्शन उजिर बोहराले बताउनुभयो । फोकल पर्शन बोहराका अनुसार, लैङ्गिक हिंसा पिडित (ओ.सि.एम.सि) १७ जना, सामाजिक सुरक्षा कोषबाट पूर्ण छुट भएका एकहजार दुई र सामाजिक सुरक्षा कोषबाट आंशिक छुट भएका दुई सय, ४१ जनाको निःशुल्क उपचार गरिएको बताउनुभयो । यसमा निःशुल्क सेवा पाउनेमा अति गरिब, गरिब, हिंसा पिडित, जेष्ठनागरिक, अपांग, आफन्त नभएकालगायतका लाई सेवा दिइएको बताइएको छ । उनिहरुको सोहीअनुसारको परिचय खुल्ने कागजातका आधारमा निःशुल्क सेवा दिइएको फोकल पर्शन बोहराले बताउनुभयो ।

एक हजार दुई सय ६० जनाको निःशुल्क उपचार गर्दा १४ लाख २८ हजार एक सय ९६ रुपैयाँ बराबरको औषधि उपचारमा पर्न आएको बोहराले बताउनुभयो । अस्पतालले नागरिकको कमजोर आर्थिक पाटोलाई दृष्टिगत गरी सुलभ अर्थात निःशुल्क सेवा दिदै आएको उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?