बागलुङ । बागलुङमा पहिरोले पुरिँदा एक बालकको मृत्यु भएको छ । जिल्लाको बडिगाड गाउँपालिकालका-९ को बलगास नयाँबस्तीका स्थानीय १४ वर्षीय विधान परियारको पहिरोले पुरिँदा मृत्यु भएको हो ।
मंगलबार विहान घर नजिकै आएको भल तर्काउने क्रममा माथिदेखि एक्कासि पहिरो झरेर परियारलाई पुरेको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिनुभयो । अहिले प्रहरी र स्थानीयको सक्रियतामा पुरिएको शव निकालेको उहाँको भनाइ छ ।
पहिरोले घरमा क्षति भने नपुर्याएको उहाँ बाउनुहुन्छ । नजिकै पहिरो गएर घर जोखिममा परेपछि गाउँपालिकाको विपद् व्यवस्थापन समितिले सुरक्षित स्थानमा सार्न थालेको अध्यक्ष अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो - “आमासँग भएर विहाज भल तर्काउन गएको बेला पहिरोले पुरेछ, अहिले उद्धार कार्य भइरहेको छ, प्रहरी र स्थानीय खटि राख्नु भएको छ ।”
मृतक परियार बडिगाड गाउँपालिका-७ स्थित भिमगिठे माध्यमिक विद्यालयमा कक्षा पाँचमा अध्ययनरत हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच