राप्ती नगरकाे विवाद समाधान उन्मुख, मेयर र उपमेयरको कोठाको ताला खोलियो

होमनाथ सापकोटा चितवन, संवाददाता
Read Time = 1 min

चितवन । राप्ती नगरपालिकाको मेयर र उपमेयरको कार्यकक्षमा लगाएको ताला आज बुधबार खोलिएको छ ।

कार्यपालिका बैठक र नगर सभाकाे माग गर्दै जनप्रतिनिधिले फागुन ९ गते ताला लगाएका थिए । जनप्रतिनिधि बीचको विवाद समाधान गर्न नेपाली काङ्ग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजबादी बीच भएको छलफलमा कार्यपालिका बैठक डाक्ने निर्णय भएपछि ताला खोलिएको राप्ती ८ का वडा अध्यक्ष पूर्ण आचार्यले जानकारी दिनुभयाे ।

कार्यपालिका बैठक यहि २५ गते डाकिएको छ । राप्तीमा अघिल्लो बर्षको असोज देखि कार्यपालिका बैठक बस्न सकेको छैन भने हिउँदे नगर सभा र बजेट अधिबेशन हुन सकेको छैन ।

राप्ती ८ का वडा अध्यक्ष आचार्य,१२ का वडा अध्यक्ष अर्जुन चेपाङ सहित केही वडा सदस्य पुगेर मेयर, उपमेयरको कोठाको ताला खोल्नुभएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?