काठमाडौं । चलचित्र ‘माइली’ को शुभमुहूर्त गरिएको छ । बाबुसाहेब बलामीको निर्देशनमा निर्माण हुने चलचित्र ‘माइली’को भद्रकाली मन्दिरमा शुभमुहूर्त गरिएको हो । चलचित्रमा प्रियंका कार्की, करिश्मा मानन्धर, शर्मिला मल्ल, कमला घिमिरे, सुषमा लामा, अंशु महर्जन, कुसुम शर्मा, प्रिया रिजाल, गीता अधिकारी, सरिता भण्डारी, प्रीतिका शर्मा, आश्मा पाण्डे र रेश्मा केसीलगायतको अभिनय रहने निर्माण पक्षले जनाएको छ ।
विवेक सापकोटाले शुभमुहूर्त क्ल्याप र रक्षासिंह राणाले निर्देशन गर्नुभएको थियो । नायिका प्रियंका र कमलाले मुहूर्त सट दिनुभएको थियो । चलचित्रमा प्रियंका र कमला आमाछोरीको भूमिकामा रहेको जनाइएको छ ।
निर्देशक बलामीका अनुसार चलचित्रमा दलित महिलाले समाजमा गरेको संघर्षलाई प्रस्तुत गरिने छ । चलचित्रको छायांकन मंगलबारदेखि सुरु गरिएको छ । चलचित्रमा शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, संवाद, राजेन्द्र बजगाईंको संगीत रहनेछ । चलचित्रमा शिव ढकालको छायांकन र समीर मियाँको सम्पादन रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच