बर्दिया । बुधवारबाट सुरु भएको माध्यामिक शिक्षा परिक्षा एसइईको ग्रेड बृद्धि परीक्षामा बाँके र बर्दियाबाट ९ हजार भन्दा बढी विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।
एसइई ग्रेड वृद्धि परीक्षाका लागि बाँके जिल्लाका १२ वटा परीक्षा केन्द्रमा पाँच हजार २२५ परीक्षार्थी परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख रामसुरेश यादवले जानकारी दिनुभयो ।
गत चैत महिनामा भएको एसइईको परीक्षामा बाँकेका पाँच हजार ९९९ विद्यार्थीको एनजी आए पनि ग्रेड वृद्धि परीक्षाका लागि पाँच हजार २२५ जनाले मात्रै फारम भरेर परीक्षामा सहभागी भएका हुन् । यसैगरी बर्दियामा ११ वटा परिक्षा केन्द्र तोकिएका छन ति परिक्षा केन्द्रबाट ४ हजार ३ सय ५४ जनाले परिक्षा दिइरहेको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख सुर्यबहादुर खत्रीले जानकारी दिनु भयो । उहाँका अनुसार परीक्षा शान्ति पुर्ण रुपमा संचालन भइरहेको छ ।
बाँकेबाट ५ हजार २ सय २५ जना र बर्दियाबाट ४ हजार ३ सय ५४जना गरी जम्मा ९ हजार ५ सय ७९ जना परीक्षामा सहभागी भएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच