जुम्लामा जन्ती गएर घर फर्कने क्रममा लडेर एक जनाको मृत्यु

विजय रावत जुम्ला, संवाददाता
Read Time = 1 min

जुम्ला । जुम्लामा जन्ती गएर घर फर्कने क्रममा लडेर घटनास्थलमै एक जनाको मृत्यु भएको छ । शनिबार जिल्लाको तिला गाउँपालिका–६ स्थित सुडि गाउँका अन्दाजी ४७ वर्षीय देव रावतको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीका अनुसार तिला – ८ मा पर्ने लाछुङथाडीको गोरुखोला ठाउँमा उनको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रावतका अनुसार अत्यधिक मदिरा सेवन गरेको जानकारीमा आएको छ । विवाहको जन्तीमा सँगैका साथीहरू समयमै घर फर्की सकेका रहेछन् । मृतक देव रावत भने छुट्टै घर फर्केका थिए ।

राराको सेरी बजारबाट घर जाने क्रममा बिच बाटोमै लडेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । अहिले मृतकको शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने काम भइरहेको रारालिही प्रहरी चौकीले जनाएको छ ।

 

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?