संघीयता बचाउन केन्द्रिय सरकार प्रतिवद्ध देखिएन : नेता निधि

हिमालय टाइम्स
Read Time = 2 mins

जनकपुरधाम । नेपाली काँग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले संघीयता बचाउन र संघीय कानून कार्यान्वयनमा केन्द्रिय सरकार प्रतिवद्ध नरहेको बताउदै शान्तिपुर्ण संवैधानिक लडाई लडनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

जनकपुरधामको श्री महाविर युवा किमिटिको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुका लागि आयोजित पदभार तथा शपथग्रहण र प्रमाणपत्र वितरण समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहनुभएका नेता निधीले एक समय मधेस माने काँग्रेस र काँग्रेस माने मधेस बुझिए जस्तै पुनः सोही नारा र माहोल बनाउन जुट्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । जनकपुरधाममा आधुनिकतालाई स्वीकार गर्दै आर्थिक गतिविधीहरु हुनुपर्ने बताउँदै उहाँले महाविर युवा कमिटी जस्ता यहाँका युवाहरुले समाजिक गतिविधि बढाउनुपर्ने र समाजमा योगदान दिएकाहरुको खोजि गरी सम्मान गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘केन्द्रिय सरकार संघियताको मर्म अनुसार काम गर्न सकिरहेको छैन र प्रदेश सरकार पनि संघिय कानून अनुसारको अधिकारका लागि अग्रसर दैखिँदैन त्यसैले संघियता बचाउन आन्दोलनको आवयश्कता छ ।’

सो अवसरमा कमिटिको निर्वाचन अधिकृत राकेशविक्रम साहले कमिटिको नव निर्वाचित अध्यक्ष अजय गुप्ता सहित ११ सदस्यीय नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई शपथग्रहण गराउनुभएको थियो भने कमिटीका पूर्व अध्यक्षहरुले सामुहिक रुपमा नयाँ अध्यक्ष गुप्तालाई पदभार ग्रहण गराउनुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?