नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० राँझास्थित नेपालगञ्ज विमानस्थलबाट स्रोत नखुलेको रु २४ लाखसहित पाँच भारतीय नागरिक पक्राउ परेका छन् ।
विमानमार्फत काठमाडौँ जान लागेका भारतीय नागरिक प्रकाशनारायण गुप्तासहितका पाँच जनाको टोलीबाट उक्त रकम बरामद भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिनुभयो ।
उहाँका अनुसार भारतको सीतापुर जिल्ला कोतवालीका ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आशीष गुप्ता, ३९ वर्षीय पङ्कज जैसवाल र ४६ वर्षीय बीमल गुप्ता पक्राउ परेका छन् ।
उनीहरुलाई जिल्ला अदालत बाँकेबाट चार दिनको म्याद थप गरी हुण्डी कारोबारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रनाउ डाँगीले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच