गुल्मी । नेपाली कांग्रेसलाई बलियो बनाउनका लागि सबै तहका नेता एवम् कार्यकर्ताको असल चरित्र हुनुपर्ने बताइएको छ । नेपाल महिला संघको ७७ औं स्थापना दिवसको तम्घासमा भएको कार्यक्रमका सहभागी वक्ताहरुले सबै तहका भातृ एवम् शुभेच्छुक संस्थामा र नेता कार्यकर्ता एकताबद्ध भएमा कांग्रेस पार्टी बलियो हुने बताउनुभयो ।
त्यस अवसरमा आयोजित महिला नेतृत्व विकास र संगठनमा खेल्नुपर्ने भूमिका विषयक प्रशिक्षणमा नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले पार्टीलाई मजबुत बनाउन महिला संघको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । महिलालाई सशक्त क्रियाशील बनाउन सकिएमा पार्टी बलियो हुने भन्दै महिलाको हक अधिकारलाई स्थापित गर्न जरुरी रहेको उहाँले बताउनुभयो ।
प्रजातान्त्रिक देशमा महिलाको हक अधिकार स्थापित गर्न सम्भव हुने भन्दै उपसभापति श्रेष्ठले महिलालाई सिपमूलक र आय–आर्जनमा जोड्न आवश्यक रहेको बताउनुभयो । महिलाहरु सबै दक्षसंगै आफ्नो क्षमताको विकासमा लाग्नुपर्ने भन्दै उहाँले प्रजातन्त्रको रक्षाका लागि सबै एकताबद्ध हुन जरुरी रहेको बताउनुभयो ।
नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थीले पार्टीलाई मजबुत र बलियो बनाउन सबै महिलाहरु एकताबद्ध हुन जरुरी रहेको बताउनुभयो । कांग्रेस पार्टीले सबै नागरिकको हक अधिकारलाई स्थापित गर्ने भएको हुँदा पार्टीलाई बलियो बनाउनेतर्फ सबै लाग्नुपर्ने बताउनुभयो । प्रत्येक पालिकाका महिलाहरुलाई क्रियाशील बनाउने कार्यक्रम गर्नुपर्ने भन्दै सभापति पन्थीले गुल्मीमा पार्टीलाई मजबुत, बलियो र सशक्त क्रियाशील बनाउने गरी लाग्ने बताउनुभयो ।
कुनै पनि संगठन निष्क्रिय हुँदा पार्टी कमजोर हुने भन्दै पार्टीलाई मजबुत र बलियो बनाउन सबै तहका भातृ एवम् शुभेच्छुक संगठनहरुलाई क्रियाशील बनाउनुपर्ने उहाँले बताउनुभयो । पार्टीलाई मजबुत र बलियो बनाउन सबै नेताकार्यकर्ता एकताबद्ध हुन जरुरी बताउनुभयो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरी र नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य छन्दबहादुर पहराईले कार्यक्रममा महिला हक अधिकारलगायतका विभिन्न विषयमा सहभागी महिलाहरुलाई प्रशिक्षण दिनुभयो । गिरीले प्रशिक्षकका रुपमा संविधान, पार्टीको विधान र निर्वाचनमा महिला विषयमा प्रस्तुति राख्नुभयो । पहराईले प्रशिक्षकको रुपमा लैङ्गिक हिंसा विरुद्ध नेपाल महिला संघको भूमिका विषयमा प्रस्तुति राख्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच