काठमाडौं । चलचित्र ‘के घर के डेरा : घर नम्बर २’ को छायांकन आरम्भ गरिएको छ । शुक्रबार ललितपुरको गोदावरीबाट चलचित्रको छायांकन सुरु गरिएको हो । निर्देशक दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रको पहिलो दिन आर्यन सिग्देल र केकी अधिकारीले आफ्नो भागको छायांकन गर्नुभएको छ । आज (शनिबार)देखि निश्चल बस्नेत र उपासना सिंह ठकुरीले सेट ज्वाइन गर्ने निर्देशक खनालले जानकारी गराउनुभयो ।
३० दिन छायांकन तालिका तय गरिएको चलचित्रको सबै छायांकन काठमाडौंमा हुनेछ । छायांकनअघि कार्यविनायक मन्दिरमा पूजाआजा गरिएको थियो, जहाँ कास्ट एण्ड क्रूले सहभागिता जनाएका थिए ।
निर्देशक खनालले यो चलचित्र ‘के घर के डेरा’ भन्दा भिन्न रहेको बताउनुभयो । ‘यसपटक फिल्म कथामा धेरै केन्द्रित छ । घरबेटी र डेरावालकै कथा यसमा छ । समसामयिक विषय समेटेका छौँ,’ खनालले भन्नुभयो, ‘अघिल्लो भाग बढी कमेडी र स्टाइलमा केन्द्रित थियो । यसपटक शैली बदलिएको छ ।’
चलचित्रमा राम्रा कलाकारको सहभागिता भएकाले पर्फमेन्स उत्कृष्ट हुने आशा खनालले व्यक्त गर्नुभयो । यो चलचित्रको कथा बुद्धिसागरले लेख्नुभएको हो । चलचित्र यसै वर्ष प्रदर्शन गर्ने तयारी छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच