काठमाडौं । प्रहरी उपरीक्षक नवीन किशोर प्रधानद्वारा लिखित ‘सादृश्य बिम्ब’ कथासंग्रह र ‘लेखान्त’ नाटक लोकार्पण गरिएको छ । समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर साथै विशिष्ट अतिथिहरूले संयुक्त रूपमा उक्त कृतिको लोकार्पण गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले साहित्य लेखन आफैंमा एउटा कठिन परिश्रम भएको एवं ज्ञान र क्षमताको साथै धैर्यताको पनि निकै आवश्यकता रहेको चर्चा गर्दै आमजनमानसमा रहेको प्रहरी प्रतिको लाठी र बन्दुकमात्र बोक्ने भन्ने परम्परागत बुझाइलाई चिर्न यस कृति प्रशंसनीय रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले कृति प्रकाशनमा संलग्न महानुभावहरूलाई कदरपत्र समेत प्रदान गर्नुभयो ।
उक्त अवसरमा प्राज्ञ डा.मधुसूदन गिरीले ‘सादृश्य बिम्ब’ कथासंग्र्रह र डा. भक्त राईले ‘लेखान्त’ नाटक कृतिको समीक्षा गर्दै कृतिमा समेटिएका विषयवस्तु एवं लेखकको लेखन कौशलताका बारेमा चर्चा गर्नुभएको थियो । डा. छायादत्त न्यौपाने ‘बगर’ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा कृति सर्जक प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले कृतिसम्बन्धी आफ्नो धारणा सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।
अक्षरधाम प्रकाशनका प्रबन्धक निर्देशक देवराज सिंखडाको सभाध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ, अवकाश प्राप्त एवं वहालवाला वरिष्ठ प्रहरी अधिकृतहरू, साहित्यकारहरू, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरू लगायतको उपस्थिति थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच