काठमाडौं । साहित्यकार रमेश विकालका सम्पूर्ण रचनाहरूलाई समेटी बृहत् ग्रन्थ तयार परेर सार्वजनिक गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठानको आयोजनामा र गोकर्णेश्वर नगरपालिकाको सहआयोजनामा शुक्रबार एक समारोहबीच उहाँका सम्पूर्ण कथा, नाटक र उपन्यासहरू समेटेर तीन छुट्टाछुट्टै ग्रन्थहरू लोकार्पण गरियो । रमेश विकल साहित्य प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल प्रमुख अतिथि रहनुभएको थियो भने उपप्रमुख सान्नानी लामा विशिष्ट अतिथि रहनुभएको थियो ।
आरुबारीस्थित त्रिवेणी बैंक्वेटमा आयोजना भएको उक्त कार्यक्रममको सञ्चालन महेन्द्र चालिसेले गर्नुभएको थियो भने उपाध्यक्ष केके कर्माचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रा. डा.हेमनाथ पौडेल, गोपिनाथ मैनाली तथा शार्दुल भट्टराईले प्रकाशित कृतिहरूमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । ठाकुर शर्माले सम्पादकीय मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा गोनपा वडा नं.९ का वडाअध्यक्ष राजीव थापाले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
प्रमुख अतिथि रिसाललले साहित्यमा गोनपाले गरेको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । प्रतिष्ठानका महासचिव विजय चालिसेले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने सभापति घिमिरेले विकलसम्बन्धी आफ्ना अनुभव सुनाउँदै कार्यक्रमको समापन गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच