काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले प्रतिवद्धताअनुसारका काम गर्दै गएको दाबी गर्नुभएको छ ।
आईतवार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यस वर्ष अत्याधिक वर्षा भइरहेको भएपनि तुलनात्मक रुपमा क्षति कम भएको बताउनु भयो ।
उहाँले विपद् पूर्वतयारीका कारण क्षति कम भएको बताउनु भयो । उहाँले पूर्वसूचना प्रणालीका कारणले, पूर्वतयारीका कारणले, जनधनका क्षति हामी न्युन हुँदै गएको बताउनु भयो । उहाँले आगामी पनि प्रतिवद्धता बमोजिम काम गर्दै जाने प्रतिवद्धता दोहो-याउनु भयो । रात्री बस चल्न दिने/नदिने बारेमा पनि सरकार छलफलमा रहेको बताउनु भयो । उहाँले विकास गर्दा विकासको आधारभुत मापदण्ड अपनाउनुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘अहिले केही प्रतिवद्धताअनुसारका कामहरु हुँदै गएका छन् । अघि नै मान्यज्युहरुले नै भनि सक्नुभयो । यो पालि अत्याधिक वर्षा भएको छ । अत्याधिक वर्षा हुँदा पनि क्षति तुलनात्मक रुपले कम भएको छ । यो थोरै पूर्वतयारीका कारणले भएको हो । मैले यति मात्रै निवेदन गरेँ । हामीले सबै कुरा ठिक गरिसकेका छौँ म भन्दिन । किनभने यत्रो क्षति भएको छ । कहीँ न कहीँ समस्याहरु छन् । तथापि तुलनात्मक रुपले यो भन्दा कम वर्षा हुँदा जुन प्राकृतिक र मनसुनजन्य प्रकोप हुन्थ्यो, त्यो अलि कम किन भएको छ भन्दा हाम्रो पूर्वसूचना प्रणालीका कारणले, पूर्वतयारीका कारणले, जनधनका क्षति हामी न्युन गर्दै गइरहेका छौँ । तथापि अहिले पनि निकै भइरहेको छ । प्रतिवद्धता बमोजिम काम गर्दै जाने फेरि म प्रतिवद्धता जनाउँछु । सिमलतालमा घटना भयो, रात्री बस चल्न नदिए हुन्थ्यो भन्ने पनि विचार आएको छ । यसका बारेमा पनि हामी गम्भीरतापूर्वक छलफल गर्नेछौँ । हामीले विकास गर्दा विकासको आधारभुत मापदण्ड अपनाउनु पर्छ ।’
गृहमन्त्री लेखकले जोखिमपूर्ण स्थानको पहिचान गर्ने र त्यसमा प्रहरी परिचालन गरी समयमै सार्ने कुरामा सरकारले विशेष ध्यान दिइरहेको बताउनु भयो । उहाँले यातायात प्रणालीलाई व्यवस्थित गर्न आवश्यक रहेको बताउनु भयो ।
कृतज्ञतासहित शुभकामना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच