काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले विद्यार्थीलाई खेलकुदमा जोड्न आवश्यक रहेको बताउनुभएको छ । ललितपुरमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले समाज परिवर्तन र विकासको बाटो नै खेलकुद रहेको भन्दै विद्यार्थीलाई खेलकुदमा जोड्न आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले डिजिटलाइजका कारण विस्तारै विद्यालयबाट खेलकुदका गतिविधिहरू हट्दै गएको भन्दै चिन्तासमेत व्यक्त गर्नुभयो । उहाँले डिजिटलको प्रयोग गर्नुपर्ने तर त्यसको विकृति र विसंगतिलाई रोक्न आवश्यक रहेको बताउनुभयो । मन्त्री चौधरीले सरकारले खेलकुद र युवालाई आवश्यक महत्वदिन नसकेको पनि स्वीकार गर्नुभयो । उहाँले युवा तथा खेलकुद मन्त्रालयमा सबैभन्दा कम बजेट दिइएको भन्दै असन्तुष्टि जनाउनुभयो । स्थानीय तहमा युवालाई राम्रोसँग परिचालन गर्न सक्नुपर्ने उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘अहिले विद्यालयमा खेलकुदहरू छैनन् । डिजिटल गर्दा विस्तारै विस्तारै खेलकुद हट्दै गएको छ । स्कुलले खेलकुद गराउँदैन । किनभने पहिला-पहिला खेलकुदका साधन हुन्थ्यो । खेल्ने ठाउँ हुन्थ्यो, अहिले खेलकुद छैन । भएको खेलकुदको ठाउँमा सटर बन्ने काम भइरहेको छ । डिजिटल गर्नुस् तर त्यसको विकृति र विसंगतिलाई पनि नियन्त्रण गर्नुस् । जबसम्म शिक्षा र खेलकुद एउटै मन्त्रालयमा हुन सकेन भने काम हुँदैन । विद्यार्थीलाई खेलकुदमा जोड्न सक्नुभएन भने, विद्यार्थीलाई त्यसमा कुदाउन, उफार्न नसके पढाइ कमजोर हुन्छ । विद्यार्थीकालमा नै उसलाई लिडरसिप बढाउने हो । उसलाई त्यो बेलामा राजनीति सिकाउने होइन । अब हामीले सत्ता परिवर्तन गर्ने राजनीति होइन, हामी समाज परिवर्तन, विकासको राजनीति चाहेका छौँ ।’
खेलकुदमन्त्री चौधरीले सरकारले भदौ महिनाभित्र नै युवा नीति ल्याउने पनि बताउनुभयो । नेपालमा काम गर्ने मानिसलाई प्रशस्त रोजगारीका अवसर रहेको बताउँदै उहाँले नेपालमा शिक्षक नपाएर विद्यालयका लागि बाहिरबाट ल्याउने गरेको बताउनुभयो । उहाँले १० वर्षपछि नेपालमा शिक्षक नपाइने दाबी गर्नुभयो । युवा पुस्ता शिक्षक बन्न लाग्नुपर्ने उहाँको सुझाव छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच