गीतकार अधिकारी निर्देशनमा

Read Time = 2 mins

काठमाडौं । गीतकारका रूपमा ख्याति कमाउनुभएकी तारा अधिकारी निर्देशनमा देखिनुभएको छ । अधिकारीले निर्देशन गर्नुभएको छोटो चलचित्र ‘धुकधुकी’ हालै सार्वजनिक भएसँगै उहाँ निर्देशनमा देखिनुभएको हो ।

उहाँले निर्देशन गरेको छोटो चलचित्र ‘धुकधुकी’मा वृद्ध अवस्थामा बाबुआमाले आफ्नो सन्तानको साथ खोज्दा पनि नपाएको कथा चित्रण गरिएको छ । चाडबाडका बेलामा विदेशिएको सन्तानको यादको पीडा परिवारले कसरी भोग्छ भन्ने कुरा चलचित्रमा छ ।

रोगले ग्रस्त बाबुको विदेशिएको छोराको मुख हेर्ने अन्तिम चाहना, तिहारमा दाजुलाई टीका लगाउने बहिनीको चाहना, श्रीमान्सँगै सुखदुःख साट्ने श्रीमतीको चाहना र घरका सबैजनाको सुख हेर्ने आमाको चाहना पूरा नभएको दृश्य निर्देशक अधिकारीले भिन्न ढंगबाट यसमा समावेश गर्नुभएको छ । करिब २० मिनेटको छोटो यस चलचित्रमा सुवासप्रसाद गजुरेल, हिउबाला गौतम, किशोर विश्वकर्मा, वासुकला मैनाली, अन्सुल डाँगी, अनुजा अधिकारी, युवराज घिमिरे र बालकलाकार रियांसी थापाले अभिनय गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?