सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाको दुई वडामा नेपाली कांग्रेसका उम्मेद्वार प्यानलसहित विजयी भएका छन् ।
लालबन्दी नगरपालिका वडा नम्बर ३ र ४ मा नेपाली कांगेसका उम्मेद्वार विजयी भएका हुन् । लालबन्दी नगरपालिका-३, मा नेपाली कांग्रेसका उम्मेद्वार बुद्ध देव चौधरी ४९७ मत सहित विजयी हुनुभयो । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार योगेन्द्र चौधरीले ४७१ मतमात्र पाएर पराजित हुनुभयो ।
यस्तै लालबन्दी नगरपालिका-४, नम्बर वडामा पनि नेपाली कांग्रेसका उम्मेद्वार सत्य नारायण चौधरी ७८३ मत सहित विजयी हुँदा उहाँ निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार विजयप्रसाद घिमिरे ६७१ मत प्राप्त गर्नुभयो ।
यस्तै लालबन्दी नगरपालिकामा मेयर र उपमेयर पदमा नेपाली कांग्रेस अग्रस्थानमा देखिएको छ । मेयरका उमेद्वारमा कांग्रेसका बाशुदेव अधिकारी १८३२ मतसहित अग्र स्थानमा हुनु हुन्छ भने, १३६७ मतसहित दोस्रो स्थानमा माओवादी केन्द्रका प्रलाद बुडाथोकी र नेकपा एमालेका गोविन्द बहादुर महत १३५० मत सहित तेस्रो स्थानमा हुनुहुन्छ । एसवी थापा/न्युज कारखाना
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच