काठमाडौं । ट्रुडर्माको ‘ट्रु स्किन ब्राण्ड’ सौन्दर्य सामग्री नेपाली बजारमा भित्रिएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच बलिउड अभिनेत्री सन्जिदा शेख र अभिनेत्री केकी अधिकारीले उक्त उत्पादन संयुक्त रूपमा सार्वजनिक गर्नुभएको हो ।
शेख चर्चित वेभ सिरिज हिरामण्डीको अभिनेत्री हुनुहुुन्छ भने अधिकारी कम्पनीको ब्राण्ड एम्बेसडर रहनुभएको छ । दुई अभिनेत्रीले ट्रु स्किन निकै राम्रो सौन्दर्य प्रोडक्ट भएको दाबी गर्नुभएको छ । उक्त ब्राण्डका १६ प्रोडक्ट रहेका छन् । लक्जरियस ५० एसपिएफ प्लस क्रिम, लक्जरियस ५० एसपिएफ पल्स जेल, बेबी डिएम मस्टुराइजिङ क्रिम, ग्लो हृवाइटिङ क्रिम, भिटामिन सी क्रिम, एक्टिभ सावर जेल, एक्टिभ फेस वास, ग्लो फेस वास, ड्रिमा मस्टुराइजिङ लोसन, कोज स्याम्फु, रिटिनल सिरम, ट्रिउ हेयर गेन, कोलभिट स्क्रिन लाइटिनिङ, लक्सर किलिन्जर, ग्लो हृयाण्ड फुट क्रिम र कोकोनट ओइललगायत रहेका कम्पनीले जनाएको छ ।
नेपाली ब्राण्ड रहेको ट्रुडर्माले नेपाली सौन्दर्य सामग्री उत्पादन गर्ने गरेको ब्राण्ड निर्देशक सुशान्त मुरारकाले बताउनुभएको छ । उहाँका अनुसार ट्रु स्किन ट्रु डर्मा कम्पनीको नयाँ उत्पादन हो । यसले छालाको हेरचाह र सौन्दर्यको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने विश्वास रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच