काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष क्रसर उद्योगको नवीकरणमा उत्पन्न समस्याबारे ध्यानाकर्षण गराएको छ । महासंघले क्रसर उद्योगलाई विगतकै मापदण्डका आधारमा नवीकरणको माग गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा महासंघका अध्यक्ष सीताराम न्यौपानेसहितका प्रतिनिधिमण्डलले दर्ता भएका सात सय क्रसर तथा बालुवा उद्योगलाई विगतकै मापदण्डका आधारमा नवीकरण गराउन माग गरेको हो ।
वातावरणसम्बन्धी मापदण्ड, २०५४ र उद्योगका लागि दूरीसम्बन्धी मापदण्ड, २०७१ का आधारमा ती उद्योग सञ्चालन भएकामा २०७७ सालमा संशोधित मापदण्डले नवीकरणमा समस्या भएको महासंघको गुनासो थियो । महासंघले उद्योग नवीकरण नहुँदा करिब चार अर्ब लगानी डुब्ने अवस्थामा रहेको भन्दै विगतमा दर्ता भएका उद्योगलाई कर दस्तुर लिई पुरानै मापदण्डका आधारमा नवीकरण गराउन र व्यावहारिक एवं नयाँ मापदण्ड ल्याउन माग गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच