
काठमाडौं । सिद्धार्थ बैंक र आगन्तुक रिसोर्ट प्रालि (काठमाडौंं धुलिखेल) बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदानसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकहरूले धुलिखेलस्थित आगन्तुक रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजमा १५ प्रतिशतसम्मको र रुम ट्यारिफमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । सो सम्बन्धमा बैंकको २४ सै घण्टा सञ्चालनमा रहेको ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’बाट पनि जानकारी लिन सकिने बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच