ओखलढुंगा । ओखलढुंगा जिल्लाको मोलुङ्ग गाउँपालिका–२ स्थित पैह्रेखोलामा अबरुद्ध भएको सडक सुरक्षाकर्मीहरुद्वारा पैदल यात्रा गर्न सक्ने सम्मको बनाईएको छ ।
मंगलबार बेलुकादेखि अबरुद्ध भएको पैह्रे खोलामा मान्छे आवतजावत गर्न सक्नेसम्मको बाटो बनाइएको हो ।
बुधबार करिब ३:३० बजेको समयमा भएको वर्षाको कारण ढुंगा, मुढा, माटो सहितको लेदो आई सडक बगाएर लगेको थियो । जिल्लाका पश्चिम तर्फका ५ वटा स्थानिय तहका नागरिकहरुले प्रयोग गर्ने यो सडक अबरुद्ध भएपछि नागरिकहरु मारमा छन् । मान्छेसम्म हिड्न नसक्ने गरी पहिरोले बगाएपछि अस्पताल आउने विरामीदेखि विद्यालय आउनेजाने विद्यार्थीसमेत अड्किएका छन् ।
बुधबार जिल्लास्थित सुरक्षा कार्यालयका सुरक्षाकर्मीहरु, स्थानियबासी र सिद्धिचरण नगरपालिकाको जेसिबीले मानिस आवतजावत गर्न सक्नेसम्मको बाटो बनाईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक कृष्ण खड्काले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगा, सशस्त्र प्रहरीबल आश्रित गुल्म ओखलढुंगा र दुर्गाबक्स गण ओखलढुंगाबाट खटिएको सुरक्षाकर्मीको टिम र स्थानीयबासीको सहयोगमा पैदलयात्रा गर्न सक्ने बाटो निर्माण गरिएको हो । बुधबार दिउँसो २ बजेबाट पैदल आवतजावत गर्नसक्ने बाटो बनाई सुचारु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच