खोटाङमा तीन औषधि पसलमा ताला

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 2 mins

खोटाङ । खोटाङको सदरमुकाम दिक्तेलबजारमा मापदण्ड विपरीत सञ्चालित तीनवटा औषधि पसलमा ताला लगाईएको छ ।

औषधि व्यवस्था विभागमा दर्ता गरेर औषधि पसल सञ्चालन गर्नुपर्नेमा दर्ता नै नगरी सञ्चालन गरेकाले औषधि व्यवस्थापन बिभाग शाखा कार्यालय विराटनगरले बिहीबार ति पसलहरुमा ताला लगाईदिएको हो ।

अपोगी हेल्थ केयर एण्ड डाइनोस्टिक सेन्टर प्रालि, ॐ हलेसी मेडिकेयर क्लिनिक र न्यु हलेसी मेडिकेयर क्लिनिक एण्ड मन्सु फार्मेसीमा ताला लगाईएको बिभागका नायब सुब्बा हरी सुबेदीले जानकारी दिनुभयो ।

बिभागमा आवश्यक कागजातसहित उपस्थित भएर दर्ता गरेपछि मात्र पसल खोलिने बिभागले जनाएको छ ।
बिभागमा दर्ता गरेर मात्र औषधि पसल सञ्चालन गर्नु पर्ने भए पनि तीन पसलले दर्ता नै नगरेको अनुगमनको क्रममा भेटिएको हो ।

औषधि ऐन २०३५ को दफा १७ मा औषधि बिक्रीवितरण गर्दा फर्मासिष्ट वा फार्मेसी सहायकको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर दिक्तेलबजारका अधिकांस औषधि पसलमा फर्मासिष्ट वा फार्मेसी सहायक पनि भेटिन्दैनन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?