सीताको टोली च्याम्पियन

Read Time = 3 mins

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीकी उपकप्तान सीता राना मगर आबद्ध टोर्नाडोस वुमेनले फेयर ब्रेक इन्भिटेसनल क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । दुबईमा आइतबार राती भएको फाइनलमा फाल्कोन्स वुमनलाई ८ विकेटले हराउँदै टोनार्डोस च्याम्पियन बनेको हो ।

फाल्कोन्सले दिएको १५२ रनको लक्ष्य टोर्नाडोसले १९.१ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । टोर्नाडोसका लागि सोफी डिभाइनले ५१ रनको अर्धशतकीय इनिङ खेल्नुभयो । ३५ बलमा उहाँले ४ चौका र ३ छक्का प्रहार गर्नुभयो ।

त्यस्तै स्टेर कालिसले ४४ रन जोड्नुभयो । ४१ बलमा उहाँले ५ चौका प्रहार गर्नुभएको थियो । कप्तान स्टेफेन टेलरले अविजित रहँदै ३४ रन बनाउनुभयो । ३० बलमा उहाँले २ चौका र एक छक्का प्रहार गर्नुभएको थियो । आक्रामक खेल्नुभएकी सुन लुसले १८ रन जोड्नुभयो । ९ बलमा उहाँले २ चौका र एक छक्का प्रहार गर्नुभयो । नेपालकी सीता राना मगरले भने ब्याटिङ पाउनुभएन ।

फाल्कोन्सका मारिजन काप्प र सोर्नारिनले १-१ विकेट लिनुभयो । काप्पले ४ ओभरमा ३३ तथा सेर्नारिनले ३० रन खर्चनुभएको थियो । त्यसअघि टस हारेर ब्याटिङ गरेको फाल्कोन्सले २० ओभरमा ४ विकेट गुमाएर १५१ रन जोडेको थियो ।

फाल्कोन्सका लागि मारिजन काप्पले अविजित रहँदै ६७ रनको अर्धशतकीय विजयी इनिङ खेल्नुभएको थियो । ३७ बलमा उहाँले ६ चौका र २ छक्का प्रहार गर्नुभयो । यस्तै मारिको हिलले ३४ बलमा २ चौकासहित अविजित ३० रन जोड्नुभएको थियो । थिर्था सतिशले १९ रन जोड्नुभयो । उहाँले २५ बलमा दुई चौका प्रहार गर्नुभयो ।

टोर्नाडोसका चानिदा सुत्थिरुङले २ विकेट लिनुभयो । ३ ओभरमा उहाँले १९ रन खर्चनुभयो । नेपालकी सीताले २ ओभरमा २१ रन खर्चनुभयो । सीताले सम्पन्न लिगमा ७ खेल खेल्नुभयो । उहाँले चार विकेट लिनुभयो । दुई खेलमा उहाँले ब्याटिङसमेत पाउनुभएको थियो । फाल्कोन्सविरुद्ध उहाँले १८ रनको नटआउट पारी खेल्नुभएको थियो भने स्प्रिटविरुद्ध ४ रन जोड्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?