काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीकाे प्रधानमन्त्री नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएको छ ।
सर्वोच्चको संवैधानिक इजलासले उक्त रिट खारेज गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासले उक्त रिट खारेज गरिदिएको हो ।
संविधानको धारा ७६(२)अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथविरुद्ध साउन १४ गते सर्वोच्चमा रिट परेको थियो ।
खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र सपथ बदरको माग गर्दै सोमवार सर्वोच्चमा रिट दायर गर्नुभएकाे थियाे ।
उक्त रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वकाे ६ सदस्यीय इजलास गठन भएको थियो, जसमा न्यायाधीशहरु प्रकाशमानसिंह राउत, सपना मल्ल प्रधान, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी रहनुभएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच