काठमाडौं । पल्सर स्पोर्ट्स अवार्डको २१औँ संस्करण २८ भदौमा हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको नयाँ संस्करण २८ भदौमा हुने भएको हो । मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस, एसिया) को कंग्रेस पनि आयोजना गर्ने बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा जानकारी दिइएको छ । एनएसजेएफ एआइपिएस एसियाको सदस्य राष्ट्र हो ।
अवार्डको यो संस्करणमा १० विधा समावेश गरिएको छ । वर्षका उत्कृष्ट पुरुष खेलाडी, वर्षका उत्कृष्ट महिला खेलाडी, वर्षका उत्कृष्ट युवा खेलाडी, वर्षका उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधा रहनेछन् ।
वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।
टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड विधामा भने मनोनयन हुने छैन । सम्पूर्ण विजेताको घोषणा अवार्ड कार्यक्रमकै दिनमा हुनेछ ।
वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी पाँच विधाका विजेताले पल्सर मोटरसाइकल पाउनेछन् भने अन्य चार विधा टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट, स्पेसल, पारा एथलिट अन्य विधाका विजेताले जनही एक लाख रुपैयाँ पाउने एनएसजेएफले जनाएको छ । गत वर्षहरूमा यो पुरस्कारको राशि ५० हजार रुपैयाँ थियो ।
मुख्य प्रायोजकमा गोल्छा ग्रुप
पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकका रूपमा गोल्छा ग्रुप रहेको छ । नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा ग्रुपबीच अवार्डकै लागि सहकार्य भएको यो १६औँ वर्ष हो । मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र गोल्छा ग्रुपका प्रबन्ध निर्देशक अभिमन्यु गोल्छाले नयाँ संस्करणका लागि हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार गोल्छा ग्रुपले अवार्डमा पाँच पल्सर बाइक प्रदान गर्नेछ भने नगद १२ लाख प्रदान गर्नेछ । गोल्छा ग्रुपका अभिमन्यु गोल्छाले यसपटक पिपल्स च्वाइस अवार्ड विजेतालाई पल्सर एनएस ४०० मोटरबाइक प्रदान गर्ने बताउनुभयो ।
३३ देशका खेलकुद पत्रकार सम्मिलित एसिया कंग्रेस हुने
यसपटक मञ्चले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ (एआइपिएस, एसिया) को कंग्रेस पनि आयोजना गर्ने जनाएको छ । एनएसजेएफ एआइपिएस एसियाको सदस्य राष्ट्र हो । स्पोर्ट्स अवार्ड कार्यक्रमलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने अभियान स्वरूप मञ्चले अवार्डको पूर्वसन्ध्यामा एआइपिएस एसिया कंग्रेस भदौ २५ देखि २८ सम्म आयोजना गर्नेछ । कंग्रेसमा एसियाका ३३ देशका खेलकुद पत्रकारहरूको उपस्थिति रहने जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच