काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सेपिङ द फ्युचर भन्ने नाराका साथ चारदिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवनमा सम्पन्न गरेको छ । कम्पनी अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहको सभापतित्वमा भएको कार्यक्रममा सिंहले आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले प्रथम बिमाशुल्कसहित समग्र सूचांकमा उत्कृष्टता हासिल गर्न सफल हुनुमा कम्पनीका बिमित, अभिकर्ता, व्यवस्थापन र कर्मचारीको अथक मिहिनेत, परिश्रम र लगनशीलताको उपज भएको बताउनुभयो ।
साथै उहाँले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखालगायत सबैभन्दा बढी प्रिमियम संकलन गर्ने शाखा र उत्कृष्ट पाँच शाखालाई सम्मान तथा पुरस्कृत गर्नुभएको थियो । कम्पनीका अनुसार जीवन बिमा व्यवसायसँग सम्बन्धित विभिन्न पाटो र जीवन बिमा कम्पनीका चुनौतीे विवेचना गरी आर्थिक वर्ष २०८१/८२ का लागि लक्ष्य निर्धारण गर्ने उद्देश्यले आयोजना गरिएको सम्मेलनमा दुई सयभन्दा बढीको सहभागिता थियो । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व र चुनौती आत्मसात गर्दै आपसी समन्वय गरी अघि बढेका कारण नै कम्पनीको उच्च बोनसदर यथावत् राख्न सकिएको र प्रथम बिमाशुल्क पाँच सय करोडभन्दा बढी संकलन गर्न सफल भएको बताउनुभएको थियो ।
सो अवसरमा नियमनकारी निकाय नेपाल बिमा प्राधिकरणका सहायक निर्देशक सविता थापाले सम्पत्ति शुद्धीकरण सम्बन्धमा प्रशिक्षण दिँदै बिमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण गर्न सक्नेतर्फ सचेत रहन आग्रह गर्नुभएको थियो । मोटिभेसनल ट्रेनर सुदिप बस्नेत, आर्ट अफ लिभिङ नेपालका वरिष्ठ प्रशिक्षक अच्युत गौतम र शैलेन्द्र हमालले कर्मचारीलाई सम्बन्धित विषयमा प्रशिक्षण दिएका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच