काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदरप्रसाद भण्डारीले सरकारी उद्योग बन्द हुनुको मुख्य कारण उद्योग राजनीतिकरण भएको बताउनुभएको छ । हेटौंडा सिमेन्ट उद्योगको स्थलगत अवलोकनका क्रममा उहाँले सरकारी स्वामित्वको उद्योग बन्द हुनुको कारण सरकार, सञ्चालक समिति, कर्मचारी र संलग्न सबै सरोकारवाला रहेको बताउनुभएको हो । राजनीतिकरणले सरकारी स्वामित्वका उद्योग बन्द र जीर्ण हुने अवस्थामा पुगेको उहाँको भनाइ थियो ।
मन्त्री भण्डारीले भन्नुभयो, ‘निजी क्षेत्रका उद्योगको लगानी, प्रविधि, उत्पादन र बजारसँग सरकारी उद्योगले प्रतिस्पर्धा गर्न नसक्दा सरकारी स्वामित्वमा रहेका उद्योग धरासायी बन्न पुगेका हुन् । निजी क्षेत्र व्यवस्थापन, सञ्चालनको पक्षमा ह्रास हुँदा सरकारी उद्योगमा संकुचन आएको हो । सरकार, सञ्चालक समिति र ट्रेड युनियन उद्योग बन्दका कारणहरू हुन् । सबैले आ-आफ्नोतर्फबाट जिम्मेवारी लिनुपर्छ । राजनीतिका कारणले उद्योगहरूमा समस्या देखिएको हो ।’
सरकारले उद्योग सञ्चालन गर्न नहुने भन्दै उहाँले उद्योग सञ्चालन जिम्मा उद्योगी व्यवसायीलाई नै दिनुपर्ने पनि बताउनुभयो । सरकारले नौवटा जीर्ण र संकटग्रस्त उद्योग सञ्चालनको मोडल तयारी अघि बढाएको जानकारी गराउँदै मन्त्री भण्डारीले अघिल्लो सरकारले हेटौंडा र उदयपुर सिमेन्ट उद्योगसहित जीर्ण नौ उद्योगलाई निजीकरण इकाईमा पठाएको बताउनुभयो । विचाराधीन उक्त विषयमा अर्थ मन्त्रालय र प्रधानमन्त्रीसँगको छलफलपछि आवश्यक निर्णय गरिने उहाँको भनाइ थियो ।
मन्त्री भण्डारीले भन्नुभयो, ‘घाटामा सिमेन्ट उद्योग सञ्चालन गरेर हुँदैन । उद्योग फाइदामा लैजाने गरी लगानी गर्नुपर्छ । स्पष्ट मोडल तयार गरेर संकटमा रहेका उद्योग सञ्चालनबारेमा छलफल भइरहेको छ । उद्योग बन्द गर्नेभन्दा पनि यसलाई टिकाउने विषयमा सरकार प्रयत्नरत रहेको छ । कानुन संशोधन गरेर उद्योगमैत्री वातावरण तयार गर्ने लयमा सरकारले काम गरिरहेको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच