
क्यानडा । आइसिसी विश्वकप लिग टुअन्तर्गतको सिरिजमा नेदरल्याण्ड्सले क्यानडालाई पराजित गरेको छ । शनिबार राती भएको खेलमा घरेलु टोलीले क्यानडामाथि ६३ रनको जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो । जितका लागि नेदरल्याण्ड्सले दिएको २२१ रनको लक्ष्य पछ्याएको क्यानडा ३५.४ ओभरमा अल आउट हुँदै १५७ रनमा समेटियो ।
क्यानडाका लागि मोभ्भाले सर्वाधिक ४७ रनको योगदान गर्नुभयो । ओरोन जोनसनले ३२, दिलप्रित बाज्वाले २० तथा कप्तान साद विन जाफरले १२ रन जोड्नुभयो । ५९ रनमा कुनै पनि विकेट नगुमाएको क्यानडा सहज जिततर्फ लम्कँदै गर्दा त्यसपछि लगातार विकेट गुमाएको थियो । क्यानडाले ११ रन जोड्दा महत्वपूर्ण ६ विकेट गुमाएको हो ।
एक समय ५९ रनमा कुनै विकेट नगुमाएको क्यानडा सहज जिततर्फ उन्मुख रहेको थियो । तर, त्यसपछि ११ रन जोड्दा महत्वपूर्ण ६ विकेट गुमाउनु नै उसको हारको कारण बन्यो । क्यानडालाई सस्तैमा समेट्ने क्रममा नेदरल्याण्ड्सका पल भान मेकरमले २८ रन खर्चिएर सर्वाधिक ५ विकेट लिनुभयो । भिभियन किंग्माले ३ विकेट हात पार्नुभयो ।
त्यसअघि हजेलारवेग, रोटरडैम मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली नेदरल्याण्ड्सले ४७.२ ओभरमा सबै विकेट गुमाउँदै २२० रन बनाएको थियो । उसका लागि कप्तान स्कट एडवाडर्सले सर्वाधिक ७२ रन बनाउनुभयो । नोह क्रोसले ३१, विक्रमजित सिंहले २५, म्याक्स ओडाउडले १८, काइल क्लेनले १० रन बनाउनुभयो ।
आठ टोली सहभागी लिग टु को अंकतालिकामा नेदरल्याण्ड्स सात खेलबाट १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । नौ अंकका साथ स्कटल्याण्ड दोस्रो स्थानमा रहँदा क्यानडा आठ अंकका साथ तेस्रो स्थानमा छ । समान अंकको नामिबिया चौथो स्थानमा छ ।
तीन अंकसहित ओमान पाँचौँ तथा दुई अंक जोडेको अमेरिका छैटौँ स्थानमा छ । समान दुई अंक बनाएको नेपाल सातौँ स्थानमा छ । अंकविहीन युएई अंक तालिकाको पुछारमा छ । लिग टुको शीर्ष चारभित्र पर्ने टोलीले सन् २०२७ हुने ओडिआई विश्वकप छनोट खेल्न पाउनेछन् । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच