काठमाडौं । यही भदौ २१ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘रावायण’ले विदेशमा पनि आफ्नो बजार विस्तार गर्ने क्रममा महत्वपूर्ण सफलता हात पारेको छ । मध्यपूर्व र मलेसियाका प्रदर्शन अधिकार साथीभाइ इन्टरटेनमेन्टले महँगो मूल्यमा खरिद गरेको छ, जसले यो चलचित्रप्रति अन्तर्राष्ट्रिय स्तरमा पनि उच्च रुचि रहेको संकेत गरहेको छ ।
निर्माण पक्षले बिक्री मूल्य खुलासा नगरे पनि पछिल्ला दिनहरूमा सार्वजनिक गरिएको शीर्ष गीत, पोष्टर, टिजरले चलचित्रप्रति दर्शकहरूको बढ्दो कौतुहलता र उत्साहका कारणले यो मूल्य उच्च भएको बताइएको छ ।
चलचित्रको मुख्य भूमिकामा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डकलगायत हुनुहुनछ । ‘रावायण’लाई सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त ब्यानरमा निर्माण गरिएको हो । चलचित्रको निर्मातामा पूजा शर्मा र कार्यकारी निर्माता सुशन पाठक हुनुहुनछ । चलचित्रको नेपाल वितरण भने आरआर फिल्मस्ले गर्देछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच