एजेन्सी । स्ट्राइकर एर्लिङ हालान्डले म्यानचेस्टर सिटीका लागि १०० खेलमा ९१ गोल पूरा गर्नुभएको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार चेल्सीमाथि २-० को जित निकाल्दा उहाँले पहिलो गोल गर्नुभएको थियो । हालान्डले १८औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाउनुभएको थियो । योसँगै लगातार पाँचौँ पटक प्रिमियर लिगको उपाधि जित्ने अभियानसहित मैदान उत्रिएको सिटीले सुखद् सुरुवात गरेको हो ।
नर्वेजियन खेलाडी सन् २०२२ मा सिटीमा आबद्ध हुनुभएको थियो । त्यसयता उहाँले प्रिमियर लिगका तीन सिजनको पहिलो खेलमा सिटीका लागि पाँच गोल गर्नुभएको छ । उहाँले समरमा भने पूर्ण आराम पाउनुभएके थियो । युरोकपमा छनोट हुन नसक्दा नर्वे समरमा अन्तर्राष्ट्रिय फुटबलविहीन भएको थियो । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भन्नुभयो, ‘गत सिजनको तुलनामा अहिले उनले राम्रो महसुस गरिरहेका छन् ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच