
झापा । झापाको शिवसताक्षी नगरपालिका ८ निपत्रियाका ओमप्रसाद अधिकारीले खुकुरी प्रहार गरी श्रीमती रन्जनाको हत्या गरेका छन् ।
अहिले साँझ ७ बजेतिर ४४ वर्षीय ओमप्रसादले खुकुरी प्रहार गर्दा २९ वर्षीया रन्जनाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
श्रीमान श्रीमतीबीच विवाद हुँदा आक्रोसित ओमप्रसादले खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शी छिमेकीले बताए । विवादको कारण खुल्न सकेको छैन।
ओमप्रकाशलाई झिलझिले प्रहरीले नियन्त्रणमा लिइसकेको छ। जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली पनि घटनास्थल पुगेको जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच