पाकिस्तानमा मनसुनी वर्षाका कारण २१५ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । पाकिस्तानमा मनसुन सिजनमा हालसम्म वर्षाका कारण भएका दुर्घटना र बाढीबाट २१५ जनाको मृत्यु भएको छ । जसमा पछिल्लो २४ घण्टामा २० जनाको मृत्यु भएको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । पछिल्लो २४ घण्टामा जम्मा ४३ जना घाइते भएका छन् भने जुलाईदेखि शुरु भएको मनसुनमा घाइतेको संख्या ४०५ पुगेको एनडीएमएले जनाएको छ ।

सिजनभर मृतकहरूमा १०८ बालबालिका र ३२ महिलाहरू समावेश छन् । पूर्वी पञ्जाव प्रान्त ८६ जनाको मृत्युको साथ सबैभन्दा बढी प्रभावित क्षेत्र थियो । त्यसपछि उत्तरपश्चिमी खैबर पख्तुनख्वा र दक्षिणी सिन्ध प्रान्तमा क्रमशः ६५ र ३७ जनाको मृत्यु भएको थियो ।

दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा १८ जना, पाकिस्तान नियन्त्रित कश्मीरमा पाँच र उत्तरी गिलगिट–बाल्टिस्तान क्षेत्रमा चार जनाको मृत्यु भएको थपिएको छ । एनडीएमएले उल्लेखित अवधिमा ४४८ गाईवस्तुको मृत्यु भएको र २ हजार ५७५ घर र ३१ पुलमा क्षति पुगेको बताएको छ ।

आगामी ४८ घण्टामा देशका काबुल, सिन्धु र झेलम नदीको माथिल्लो भागमा हल्का वर्षाको सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ । सरकारले स्वास्थ्य सेवा तथा राहतका लागि ८६ शिविर स्थापना गरी ४ हजार १०२ जनाले उपचार वा राहत पाएको जनाएको छ । मनसुन सिजन दक्षिण एशियाली देशमा सेप्टेम्बरसम्म चल्छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?