काठमाडौं । भुटानले साफ यू-२० च्याम्पियनसिप फुटबलमा माल्दिभ्सविरुद्ध रोमाञ्चक जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा भुटानले माल्दिभ्सलाई दुई-एक गोलले हराएको हो । लगातार परेको झरीका बीच भएको खेलमा भुटानलाई जिताउन जितसुन दोर्जी र नोवाङ छोपेलले गोल गर्नुभयो ।
माल्दिभ्सका लागि फिरकले सान्त्वना गोल फर्काउनुभएको थियो । दोर्जीले २२औँ मिनेटमा गोल गर्दै भुटानको उत्साह जगाउनुभएको थियो । त्यसपछि माल्दिभ्सका फिरकले ५३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउनुभयो ।
यसअघि भुटान ५१औँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । गोलरक्षक सोनम तेन्जिङले डिबक्सबाहिर आएर हातले बल छोएपछि रातो कार्ड पाउँदै बाहिरिनुभएको थियो । तर, खेलको अन्तिममा छोपेलले गोल गर्दै भुटानलाई महत्वपूर्ण जित दिलाउनुभयो ।
दोस्रो खेलमा पहिलो जितसँगै भुटानले तीन अंक बनाएको छ । यसअघि पहिलो खेलमा भुटान भारतसँग एक-शून्य गोलले पराजित भएको थियो । माल्दिभ्सले भने हारबाट च्याम्पियनसिपको सुरुवात गरेको छ । समूह चरणको अन्तिम खेलमा अब माल्दिभ्सले भारतविरुद्ध खेल्नेछ ।
च्याम्पियनसिपमा पाकिस्तानबाहेक ६ टोलीको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका रहेका छन् । नेपाल र बंगलादेश एक खेलअगावै सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । यस्तै, समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच