
बर्मिङ्घम । अर्जेन्टाइन गोलकिपर इमिलियानो मार्टिनेजले इंग्लिस प्रिमियर लिगको क्लब एस्टन भिल्लासँगको सम्झौता नवीकरण गर्नुभएको छ । नयाँ सम्झौताअनुसार मार्टिनेज सन् २०२९ सम्म भिल्ला पार्कमा रहनुहुने भएको छ ।
उहाँ सन् २०२० मा अर्को इङ्लिस क्लब आर्सनलबाट एस्टन भिल्ला भित्रिनुभएको थियो । मार्टिनेजले एस्टन भिल्लाका लागि १४५ प्रिमियर लिग खेल खेल्नुभएको छ । गत सिजन उहाँले ३४ प्रिमियर लिग खेल खेल्दा नौ ‘क्लिन सिट’ राख्नुभएको थियो ।
मार्टिनेजको उत्कृष्ट प्रदर्शनप्रेरित एस्टन भिल्लाले चौथो स्थानमा रहँदै ४१ वर्षपछि च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरेको थियो । सन् १९८१/८२ को च्याम्पियन एस्टन भिल्लाले पछिल्लो पटक सन् १९८२/८३ को सिजनमा च्याम्पियन्स लिग खेलेको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच