रुपन्देही । तिलोत्तमा नगरपालिका फेरि पनि उत्कृष्ट बनेको छ । दुर्ई-दुर्ई पटकसम्म सेवा प्रवाह र सामाजिक विकास विधाअन्तर्गत समावेशिता र सामाजिक क्रियाकलापमा उत्कृष्ट बनेको हो । बिहीबार संघीय मामिला तथा प्रशासन मन्त्रालयले गरेको मूल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशका गाउँपालिका/नगरपालिकाबाट प्रथम र देशभरबाट द्वितीय भएको हो । नगरप्रमुख रामकृष्ण खाणलाई संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र सचिव भरतमणि सुवेदीले उत्कृष्टताको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।
संघीय मामिला तथा प्रशासन मन्त्रालयद्वारा सम्मानित हुँदै तिलोत्तमा नगरपालिका प्रमुख खाणले नगरबासी, जनप्रतिनिधि, कर्मचारी र सबै सहयोगीको योगदानले फेरि उत्कृष्ट उपाधि पाएको भन्दै सबैलाई धन्यवाद दिनुभयो । तिलोत्तमा नगरपालिकाका मेयर खाणले नगरपालिकालाई उत्कृष्ट बनाउन सहयोग गर्ने सबै जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही नगरबासीमा धन्यबाद ज्ञापन गर्दै सम्मानले समग्र नगरपालिका र नगरबासीलाई थप प्रेरणा मिलेको बताउनुभयो ।
उहाँले आफूहरू जननिर्वाचित भएर आइसकेपछि सामाजिक सेवामा अग्रसर भएर लागेको र समाजमा भएका विकास निर्माण, नीति निर्माण र सामाजिक दायित्वका सेवा, शिक्षा, स्वास्थ्य, रोजगारी तथा विपद् व्यजस्थापनमा नगरपालिकाले गरेको काम उल्लेखनीय रहेको बताउनुभयो । देशमै प्रथम भने ०.५० अंकले धादिङको निलकण्ठ नगरपालिका भएको छ । तेस्रो चितवनको रत्ननगर नगरपालिका भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच