सचिवहरुलाई मुख्यमन्त्री चौधरीको निर्देशन : सेवा प्रवाहलाई छिटो छरितो बनाउनोस्

विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले प्रदेश सरकारका सचिवहरुलाई सेवा प्रवाहलाई छिटो छरितो गर्न निर्देशन दिनु भएको छ ।

विहीवार मुख्यमन्त्री कार्यालयमा भएको सचिवहरुको बैठकमा मुख्यमन्त्री चौधरीले सचिवहरुलाई यस्तो निर्देशन दिनुभएको हो ।

मुख्यमन्त्री चौधरीले मन्त्रालय र मन्त्रालयक मातहको कार्यालयहरुको सेवा प्रवाह प्रभावकारी बनाउन र छिटो छरितो बनाउन आबश्यक रहेको भन्दै सोहि अनुसार गर्न निर्देशन दिनु भयो ।

जिम्मेवारी पूणर्रुपमा निर्वाह गरौ सेवाग्राहीको सेवा र योजना कार्यान्वयनमा गम्भीर बनौ, मुख्यमन्त्री चौधरीले भन्नु भयो, काम छिटो छरितो गरौ र उपलब्धी बढाउ । उहाँले कार्यसम्पादनलाई प्रभावकारी बनाइ उपलब्धी बढाउन समेत आग्रह गर्नुभयो । अहिले प्रदेश सरकारको कार्य सम्पादन र उपलब्धी भने अनुसार राम्रो हुन सकेको छैन, अब त्यो अवस्था आउन दिनु हुदैन, उहाँले भन्नुभयो, सरकारको कामको गति सुस्त भयो, उपलब्धी बढाउ, भएको प्रगति सार्वजनिक गरौ । चालु आर्थिक वर्षको अहिले सम्मको प्रगति, उपलब्धी र खर्च सन्तोषजनक नदेखिएको भन्दै मुख्यमन्त्री चौधरीले यसलाई गम्भीर रुपमा लिन आग्रह गर्नु भयो ।

मुख्यमन्त्री चौधरीले अनावश्यक योजनाहरु भन्दा पनि आबश्यक योजनाहरु कार्यान्वयनमा चासो दिन समेत आग्रह गर्नु भयो । उहाँले मन्त्रालयको लक्ष र उदेश्यमा रहेर नीति निर्माण गर्न र सोहि अनुसार काम गर्न समेत आग्रह गर्नु भयो । उहाँले त्यहि अनुसार नीति बनाउन र स्रोत परिचालन गर्न समेत आग्रह गर्नु भयो । त्यसै गरे योजना कार्यान्वयनका लागि अन्तर मन्त्रालय समन्वय समेत बढाउन निर्देशन दिनु भएको छ ।

बैठकमा प्रमुख सचिव राधिका अर्यालले मुख्यमन्त्री ज्यूको निर्देशन कार्यान्वयन गर्न मन्त्रालयको कार्यासम्पादन बढाउन आग्रह गर्नु भयो । उहाँले अबको समय पूणर्रुपमा कार्यान्वयनको भएको हुदा त्यसमा दत्तचित्त हुन आग्रह गर्नु भयो । मन्त्रालयका सचिवहरुले मन्त्रालयले योजना र बजेट कायौन्वयनका लागि नीति विधि हरु बनीसकोकोले अव काममा लाग्ने बताएका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?