काठमाडौं । ग्लोकलद्वारा आयोजित गोल्छा गु्रपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो २०२४ का अन्तिम छ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देशभरिका किशोर-किशोरीबाट कुल सात सय नौ आवेदन आएकोमा अन्तिम छ प्रतिस्पर्धीको नाम घोषणा गरिएको हो । किशोर-किशोरीमा भएको प्रेरणा र उत्साह प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गरी अरूमाझ चिनाउने कार्यक्रम ‘ग्लोकल टिन हिरो नेपाल’ को यो १०औं संस्करण हो ।
हरेक वर्षझैँ यस वर्ष पनि सेप्टेम्बर १, २०२४ मा अवार्ड कार्यक्रम र सम्मेलनमार्फत् ग्लोकल टिन हिरो नेपाल विजेताको नाम घोषणा गरिने आयोजकले जनाएको छ । ग्लोकल टिन हिरो २०२४ का अन्तिम छ प्रतिस्पर्धीमा आशिष पन्थी (१९, प्राविधिक शिक्षक, कपिलवस्तु) घनश्याम विश्वकर्मा (१९, बालअधिकारकर्मी, रुकुम), निश्चल भट्टराई (१६, शैक्षिक कार्यकर्ता, स्याङ्जा), पूर्णिमा तिम्सिना (१७, बालअधिकार कार्यकर्ता, झापा), सजनी शर्मा (१९, सामाजिक कार्यकर्ता, कास्की) र श्रीजय सुवेदी (१८, प्राविधिक उत्साही, पर्सा) रहेका छन् । उत्कृष्ट २० किशोर-किशोरीबाट उनीहरूको कामको सुरुवात, दिगोपन र प्रभावका आधारमा अन्तिम छ प्रतिस्पर्धीकोे छनोट भएको आयोजकले जनाएको छ ।
अन्तिम छ प्रतिस्पर्धीहरूले आत्मदक्षता कार्यशालामा सहभागी हुने अवसर प्राप्त गर्नेछन्, जहाँ उनीहरूले उद्योगका शीर्ष कर्पोरेट व्यक्तित्व, राजदूत एवं अन्य विशिष्ट व्यक्तित्वसँग अन्तरक्रिया गर्ने मौका पनि पाउनेछन् । सेप्टेम्बर १ मा अन्तिम छ प्रतिस्पर्धींको व्यक्तित्व मापदण्ड र ज्ञान मापनका लागि अन्तर्वार्ता हुनेछ र २०२४ को विजेता घोषणा गरिनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच