
काठमाडौं । राइट पाथ कन्सल्टेन्सी गु्रप प्रालिले १९औँ एसियाली खेलकुदकी रजत विजेता कराँतेकी एरिका गुरुङलाई ब्राण्ड एम्बासडरमा नियुक्त गरेको छ । राइट पाथका प्रमुख कार्यकारी अधिकृत एवं एफएनसिसिआईका केन्द्रीय सदस्य राजेश श्रेष्ठ, एरिका र नेपाल कराँते महासंघका महासचिव दावा गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयोे ।
सम्झौताअनुसार राइट पाथले एरिकालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन, प्रशिक्षणलगायतमा सहयोग गर्ने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले जानकारी गराउनुभयो । एरिकाले राइट पाथको प्रवद्र्धनमा सहयोग गर्नुहुनेछ । त्रिपुरेश्वरस्थित कराँते महासंघको कार्यालयमा भएको सम्झौता तत्काललाई एक वर्षसम्म कायम रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच