युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही हुँदैन : अध्यक्ष ओली

Read Time = 2 mins

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर केही नहुने बताउनु भएको छ । मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको ‘राजनीति र युवा महिला’ विषयक कार्यक्रममा उहाँले युवालाई हतार नगर्न आग्रह गर्नुभयो ।

‘हामी चलाउँछौं देश अरे, एकदिन घरबाट बाहिर ननिस्किएको मानिसले म्याराथन दौडेर स्वर्ण पदक जित्ने कुरा गरेको जस्तो,’ उहाँले भन्नुभयो ‘आमाले बनाएर दिएको खाना खाएर बाहिर निस्किएर स्वर्ण पदक जित्न गयो । एक किलोमिटर नपुग्दै स्याँस्याँ फ्याँफ्याँ भइहाल्छ ।’

उहाँले बुढालाई हटाएर आफैं युवा प्रोफेसर बनेर नहुने बताउनु भयो । ओलीले यसैका लागि केही मापदण्डहरू बनाइएको तर्क गर्नुभयो । ‘युवाले हतार गर्दैमा १८ वर्षमा मन्त्री बनाइदिएर हुँदैन । बुढा प्रोफेसरका पछि कति लाग्ने भनेर बुढालाई हटाएर आफैं युवा प्रोफेसर बनेर हुँदैन’, उहाँले भन्नुभयो, ‘पीएचडी लिन पनि समय चाहिन्छ । हतार गरेर हुँदैन ।’

कार्यक्रममा ओलीले सही बाटोमा हिँड्न महिला नेतालाई आह्वान गर्नुभयो । महिला आन्दोलन, जागरण र सशक्तिकरणलाई गलत बाटोमा जान दिन नदिन उहाँले आग्रह गर्नुभयो । उहाँले राजनीतिलाई शुद्ध बनाउनुपर्ने भन्दै वर्तमान गठबन्धन सरकारको चर्को आलोचना गर्नुभयो । यो एक वर्षको समयमा जस्तो कुशासन मुलुकमा कहिल्यै नभएको उहाँले आरोप लगाउनु भयो । आफ्नो सरकारको पालामा जोडेको पैसा र विकासलाई अहिलेको सरकारले भजाएको आरोप पनि उहाँले लगाउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?