इतिहासको एउटा उपयोगी पुस्तक

हिमालय टाइम्स
Read Time = 5 mins

✍️ सुशीला घिमिरे

अहिले मेरा हातमा एउटा भीमकाय पुस्तक छ ‘नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्मको एतिहास’ शीर्षकमा । पुस्तकका लेखक हुनुहुन्छ हरिबहादुर बिसी । पुस्तक एफोर साइजमा छ, भूमिका खण्डका १० र पाठ्यखण्डका ४०२ गरी जम्मा ४१२ पृष्ठको यस पुस्तकमा पृष्ठसंख्या रहेको छ । यसले गर्दा यो पुस्तक भीमकाय नै हुन पुगेको छ । पुस्तका लेखक बिसी त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयमा एमए गर्नुभएको हो भन्ने यही पुस्तकमा दिइएको उहाँको परिचयबाट थाहा पाइन्छ । पुस्तकको प्रकाशकमा लेखक आफैं रहनु भएको छ ।

इतिहास विधाका रूपमा उल्लेख भएको यस पुस्तकको यो दोस्रो संस्करण हो जुन २०७९ साल जेठ २ गते बुद्ध जयन्तिका दिन प्रकाशित भएको छ । १००० प्रतिको संख्यामा प्रकाशित भएको यस पुस्तकको मूल्य पनि १००० रुपैयाँ छ । यसको लेआउट डिजाइन शिव विक (मिलन)को रहेको छ । मुद्रण लुम्बिनी बुद्ध प्रिन्टर्स, नयाँबानेश्वर काठमाडौं रहेको छ । पुस्तकको छपाइ स्तरीय छ । पुस्तकमा प्रयोग भएको कागज पनि स्तरीय छ । पुस्तकको आकार ठूलो भएका कारण तौलयुक्त कागजको सट्टा हलुका कागज प्रयोग गरेको भए उपयुक्त हुन सक्थ्यो । पुस्तकमा केही अशुद्धिहरू भने रहेका छन् । एउटा कुरा भने भन्नै पर्छ पुस्तकको यो एफोर साइजले गर्दा यो अलिक भद्दा भने देखिएको छ ।

यो पुस्तक लेखकको कम्ती मिहिनेतले तयार भएको होइन भन्न पुस्तक हेरेरै पनि सकिन्छ । पुस्तक उपयोगी छ, पठनीय र संग्रहणीय छ । इतिहासका अध्येता तथा विद्यार्थीहरूका लागि यो पुस्तक ज्यादै उपयोगी छ । त्यस अर्थमा यस पुस्तकका लेखकलाई धन्यवाद तथा बधाई छ ।

आवरणमा नेपालको नक्सा र राष्ट्रिय झण्डा रहेको छ पृष्ठभूमिमा फराकिलो फाँट, जंगल र पहाडको चित्र छ । माथि नीलो आकाश रहेको छ र त्यसमा ठूला राता अक्षरमा ‘नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्मको इतिहास’ भनेर पुस्तकको शीर्षक राखिएको छ । तल सेता साना अक्षरमा लेखकको नाम दिइएको छ । पृष्ठ आवरणमा विस्तारित रूपमा लेखकको चिनारी दिइएको छ । यहाँ उहाँको ठेगाना, उहाँको संलग्नता भएका संघसंस्था उहाँले पाएका मान सम्मान र पुरस्कार तथा उहाँबाट लेखिएका पुस्तकहरूको नाम पनि उल्लेख भएको छ ।

पुस्तकको भूमिका खण्डमा नेपाल प्रज्ञा प्रतिष्ठानका तत्कालीन उपकुलपति डा.जगमान गुरुङको ‘शुभकामना’, लेखक हरिबहादुर बिसीको ‘समर्पण’ र मेरो भनाइ रहेको छन् । त्यसपछि विषयसूची दिइएको छ । माथि नै भनियो पस्तक भीमकाय छ । त्यसैले विषय सूचीबाट जानकारी पाइए अनुसार यस पुस्तकमा विभिन्न ९४ शीर्षक र केही उपशीर्षक छन् । ठूलो आकारको पुस्तक भएको हुँदा स्वाभाविक हो यस पुस्तकमा सामग्रीहरू पनि धेरै समेटिएका छन् । शाह वंशको इतिहासबाट सुरु भएको यस पुस्तकको लेखनमा पुतस्तको शीर्षकअनुसार वर्तमानसम्मका धेरै कुरा समेटिएका छन् । नेपालको राजनीतिका अनेकौं प्रसंगहरू दृष्टान्तका रूपमा राखेर नेपालका हाससम्मका प्रधानमन्त्रीहरूको चिनारीसहित दिइएको छ ।

यसबाट पनि यो पुस्तक लेखकको कम्ती मिहिनेतले तयार भएको होइन भन्न सकिन्छ । पुस्तक उपयोगी छ, पठनीय र संग्रहणीय पनि छ । इतिहासका अध्येता तथा विद्यार्थीहरूका लागि यो पुस्तक ज्यादै उपयोगी छ । त्यस अर्थमा यस पुस्तकका लेखकलाई धन्यवाद तथा बधाई छ । लेखकलाई पुस्तकको सफलताको कामना । यति धेरै मिहिनेत गरेर यत्रो पुस्तक तयार पार्न इच्छानशक्ति राख्ने लेखक बिसीबाट यस्ता अरू पुस्तकहरू लेखिन सक्छन् । यसको अपेक्षा पाठकबाट हुनु स्वाभाविक हो । त्यसका लागि पनि लेखकलाई अग्रिम शुभकामना ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?