सुनकोसीमा खसेको गाडी भेटियो, वेपत्ताकाे खाेजी कार्य जारी

राधिका बुढाथोकी सिन्धुली, संवाददाता
Read Time = 2 mins

सिन्धुली । शनिबार साँझ सुनकोसी नदीमा खसेर वेपत्ता भएको गाडी आइतबार विहान २ बजे भेटिएको छ ।

खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका-१ कुडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३-०१-०२३ च ६३६६ नम्बरको हाइलक्स गाडी भेटिएको हो ।

सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीको धमिलो वहाबमा डुबेको गाडी जेसिभिको सहायतामा झिकेर नदी किनारमा राखेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक गोविन्द राज काफ्लेले जानकारी दिनुभयो ।

आइतबार विहान घटनास्थलमा पुग्नु भएका प्रहरी उपरिक्षक काफ्लेकाअनुसार गाडी घटनास्थलबाट ५० मिटर तलबाट झिकेपनि गाडीमा सवार चालकसहित तीन जना अझै वेपत्ता छन् ।

वेपत्ता हुनेहरूमा भक्तपुरको जगातीका ३२ वर्षीय अबिन बके, ३० वर्षीय प्रनित स्यागु, ३७ वर्षीय बलराम घटुवा छन् ।

उनीहरूको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोर टोली र स्थानीय नागरिकहरु खटिएका छन् ।

गाडीमा चार जना सवार थिए । घाईते भक्तपुरको जगातीका २७ वर्षीय सुशान्त कक्षपतीको सुनकोसी सामुदायिक अस्पताल, खुर्कोटमा उपचार पस्चात डिस्चार्ज भएको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?