बंगलादेशमा बाढीका कारण १८ जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । बंगलादेशमा बाढीका कारण मृत्यु हुनेको संख्या १८ पुगेको अधिकारीहरूले बताएका छन् । विपद् व्यवस्थापन तथा राहत मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् व्यवस्थापन समन्वय केन्द्रको पछिल्लो दैनिक विपद् अवस्था प्रतिवेदनअनुसार देशका ६४ जिल्लामध्ये ११ जिल्लामा बाढीका कारण झन्डै ५० लाख मानिस प्रभावित भएका छन् ।

बाढीले बाढी प्रभावित सात जिल्लामा १८ जनाको ज्यान गएको प्रतिवेदनले देखाएको छ । भारी मौसमी वर्षाका कारण आएको बाढी र भारतीय सीमानाका पहाडबाट आएको पानीको बहावले सडकहरू बगाएपछि अधिकारीहरूले अझै पनि दक्षिणपूर्वी र उत्तरी जिल्लाहरूमा आपूर्ति गर्न संघर्ष गरिरहेका छन् । बाढीले उत्तरी र दक्षिणपूर्वी क्षेत्रका विशाल क्षेत्रहरूमा घर र बालीमा व्यापक क्षति पुर्‍याएको छ ।

  • सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?