रुपन्देही । अनलाइनबाट मगाईएका तौल घटाउने औषधी खाँदा ३ जना विरामीले आईसियुसम्मको यात्रा गरेका छन् ।
बुटवलमा विभिन्न माध्यामबाट मगाइएका ती तौल घटाउने दावी गरिएका औषधी खाँदा ईमेरजेन्सीमा भर्ना गरेर उपचार गर्नुपरेको लुम्बिनी प्रादेशिक अस्पतालका बरिष्ठ फिजिसीयन डा. नन्दु पाठकलले बताउनु भयो । अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा १ जनाको क्याबिनमा सारेर उपचार भइरहेको डा. पाठकले बताउनु भयो।
गार्जिया कम्बोजिया नामको औषधी खाएकी सृष्टिसेन ठकुरीको उपचार भइरहेको छ । यस्तै एक जना सोही औषधी खाएका बिरामीको पाल्पाबाट अहिले काठमाण्डौमा रिफर गरी उपचार भइरहेको हो भने एक जनको नेपालगञ्जमा उपचार भइरहेको डा पाठकले बताउनुभयो । औषधी खाएकी सृष्टिसेन ठकुरीले आफुलाई पनि साथीले मगाइदिएको र खाएको बताईन् ।
क्याप्सुलको रुपमा रहेको यो औषधी खाना खानु भन्दा ४५ मिनेट पहिला १/१ गोली १ महिनासम्म र डेढ/डेढ गोली गरेर खानुपर्ने भन्दै आइएको थियो ।
सामाजिक सञ्जालमा देखेर सोही अनुसार मगाएर दुब्लो बनाउने भन्दै खाएको कारण ईमरेजन्सीमा राखेर उपचार गर्नुपरेको चिकित्सक पाठकको भनाइ छ । अहिले अस्पतालमा उपचारमा आएका ३ जना भएको र अरुपनि हुनसक्ने भएकोले सजग हुन र यस्ता औषधी प्रयोग नर्गन डा पाठकले सुझाब दिनुभयो।
यो औषधी खाने विरामीले पहिला जन्डीस देखियो, विस्तारै शरीर कम्जोर हुँदै जाने, किड्नीमा समेत असर पर्ने गरेको पाइएको डा. पाठकको भनाई रहेको छ । लामो समयसम्म यसको सेवन गर्नाले मानिसको मृत्यु समेत हुनसक्ने उहाँको अनुमान छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच