✍️ गम्भीरबहादुर हाडा
विज्ञान र प्रविधिको माध्यमबाट आज विश्वमा टाढा-टाढा छरिएर रहेका राज्यहरू पनि नजिक हुन पुगेका छन् । सूचनाको माध्यम रेडियो, टिभी र पत्रपत्रिका टेलिफोन, फ्याक्स आदिबाट हामी कोठामै बसेर संसारका गतिविधि अवगत गर्न सक्छौं । मोटर, हवाइजहाज आदिबाट हामी एक ठाउँबाट अर्को ठाउँमा छोटो समयमा पुग्न सक्दछौं । विभिन्न किसिमका सूचना माध्यमबाट हामी राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधिसित सम्बन्धित रहेका छौं । सूचना भन्नाले भाषा, हाउभाउ, इसारा, चित्रज्ञान, तथ्यांक, रंग, नक्सा र क्रियाकलाप आदि विभिन्न माध्यमबाट दुई व्यक्ति वा समूहबीच गरिने सूचना र जानकारीलाई जनाउँछ । लेखक, हेराइ स्पर्श, संकेत चार्ट र डायग्राम आदिबाट पनि सूचनाको प्रवाह हुने गर्दछ । बुझाउन खोज्नेले राम्ररी बुझाउनु र बुझ्नुपर्नेले बुझ्नुमा सूचनाको धारणा अडेको छ । सञ्चार एक व्यक्तिबाट अर्को व्यक्तिमा सूचना तथा ज्ञान पुर्याउने प्रक्रिया हो ।
निमन÷समर का भनाइमा सूचना ‘दुई वा दुईभन्दा बढी व्यक्तिहरूद्वारा तथ्य विचार, धारणाको विनिमय हो ।’ सूचना केवल मानिसहरूबीचमा विचारको आदान प्रदान हो । यदि एकजनाले आफ्नो कुरा बुझ्ने गरी अर्कोलाई भन्छ भने त्यो क्रिया नै सूचना हो । सूचना तबसम्म सार्थक हुँदैन जबसम्म यसले सूचित गर्दैन । सूचना एक प्रकासकीय प्रक्रियाद्वारा अर्थहरू धारण गरिन्छन् र एक जानकारीमा पुगिन्छ । राष्ट्रको चौथो अंगको रूपमा रहने सञ्चार क्षेत्रलाई सबैले संवेदनशील क्षेत्रको रूपमा स्वीकार गरेका छन् ।
एकातर्फ सुरक्षित सूचना प्रविधिको प्रयोगबाट पारदर्शी एवं प्रभावकारी सार्वजनिक सेवा व्यवस्थापनको अपेक्षा पूरा गर्नुपर्ने अवस्था छ भने अर्कोतर्फ नागरिक अधिकारका विश्वव्यापी मान्यता, नेपालको संविधानले प्रदत्त गरेको मौलिक हक कार्यान्वयन गर्नुपर्ने अवस्थासमेत छ ।
सूचना भन्नाले विचार जानकारी, दृष्टिकोण, सोचाइ, भावना आदिको आदान प्रदान गर्ने एक प्रक्रिया हो । सूचना प्रक्रियामा दुई पक्षहरूको बीचमा जानकारी आदान प्रदान हुन्छ । सूचनाको उद्देश्य त्यसबेला मात्र सफल भएको मानिन्छ जब प्रेषकले जस्तो किसिमको अर्थ लगाएर सन्देश पठाएको छ । प्रापकले पनि त्यस्तै अर्थ लगाएर बुझ्न सकोस् । सन्देशको अर्थ दुवै पक्षहरूमा समान हुनुका साथै प्रेपकले जुन उद्देश्य पूरा गर्न सन्देश पठाएको छ प्राप्त गर्नेले पनि त्यसै उद्देश्य अनुसारको कार्य गर्न खोजेको हुनुपर्दछ । सूचनामा तीनवटा तत्वहरू समावेश भएका हुन्छन, ती हुन् स्रोत, सन्देश र प्रापक सूचना प्रक्रिया पूरा हुनका लागि यी तीन तत्वहरूको उपस्थिति हुनु आवश्यक छ ।
सामान्यतया सूचना प्रविधि भन्नाले कम्प्युटर, सूक्ष्म, विद्युतीय यन्त्र दूर सञ्चारको एकीकृत प्रविधिलाई बुझाउँछ । सन् १९०६ को दशकपछि निकै गति लिन सफल माइक्रोचीव र माइकको प्रोसेसरको विकास स्वरूप कम्प्युटरको चलनले गति लिए पश्चात् सूचना प्रविधिले पनि विस्तारै आफ्नो बाटो बनाउन सुरु गरेको हो । सूचना प्रविधिको अर्थ गतिमा मात्र सीमित भने छैन । साधारणतया कहिलेकाही सूचना प्रविधिको समग्र स्वरूपलाई समेट्न सक्दैन । बहुसञ्चार ओभरहेड प्रोजेक्टर स्क्यानर डिम्लेक्ग सिप्टग, नेटवर्किङ कम्प्युटर ज्यास्डोच इत्यादि डिजिटल इलेक्ट्रोनिक साधनयुक्त प्रविधिलाई एकीकृत रूपमा उपयोग गर्ने प्रमुख माध्यमको रूपमा कम्प्युटर रहेको हुन्छ ।
हामी सूचना प्रविधि भन्न सक्छौं । यसको प्रमुखकारण भनेको त्यसले कुनै तथ्ययुक्त सूचना वा तथ्यांगको भण्डार र प्रसारण गर्न सक्षम पनि हुनुपर्छ । प्रविधिमात्र जडित भएर यसको उद्देश्य पूरा हुँदैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट सूचना प्रविधि प्रणालीमाथि भइरहेका साइबर आक्रमणको प्रतिरक्षा सुनिश्चित गर्नुपर्ने भएको छ । नागरिक अधिकारका विश्वव्यापी मान्यता, नेपालको संविधान प्रदत्त मौलिक हकप्रतिको प्रतिबद्धतासमेतलाई कार्यान्वयन गर्न राष्ट्रिय साइबर सुरक्षा नीति आवश्यक छ । यस सन्दर्भमा सूचना प्रविधि प्रणालीमा साइबर आक्रमणबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न र भविष्यमा हुनसक्ने आक्रमणबाट सुरक्षित रहन साइबर सुरक्षासम्बन्धी राष्ट्रिय नीति तर्जुमा गरिएको छ ।
नेपालमा पहिलो पटक विसं२०२८ सालको राष्ट्रिय जनगणनाको तथ्यांग प्रशोधनका क्रममा कम्प्युटर प्रविधिको प्रयोग भएको हो । २०३१ सालमा कम्प्युटरसँग सम्बन्धित पहिलो संस्था सेन्टर फर इलेक्ट्रोनिक डाटा प्रोसेसिंगको स्थापना भयो जसको नाम पछि परिवर्तन भएर राष्ट्रिय कम्प्युटर केन्द्र भएको हो । राष्ट्रिय सञ्चार नीति, २०४९, दूरसञ्चार ऐन, क्षेत्र २०५३ र दूरसञ्चार नियमावली, २०५४ लागू भएपश्चात् मुलुकमा दूरसञ्चार खुला एवं प्रतिस्पर्धी युगमा प्रवेश गरेको हो । विसं २०५७ सालमा लागू भएको सूचना प्रविधि नीतिले सूचना प्रविधिलाई देश विकासको बृहत्तर लक्ष्य हासिल गर्ने औजारको रूपमा स्थापित गर्ने अवधारणा अघि सारेको थियो ।
त्यसैगरी, सूचना प्रविधिको उपयोगबाट सामाजिक एवम् आर्थिक विकासका लक्ष्यहरू हासिल गर्दै गरिबी न्यूनीकरण गर्ने लक्ष्यका साथ सूचना प्रविधि नीति, २०६७ जारी गरियो । उक्त नीतिमा सूचना प्रविधिको प्रयोगमा सूचनाको सुरक्षा एवं तथ्यांकको गोपनीयतालाई सुदृढ गरिने विषयलाई जोड दिइएको थियो ।
सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ मा सूचना प्रविधिको प्रयोगमा सुरक्षा एवं विश्वासको प्रत्याभूति गरिने; साइबर अपराधको रोकथाम तथा अभियोजन प्रणालीको विकास गरिने; साइबर आक्रमण पहिचान, रोकथाम, प्रतिरक्षालगायत आयामहरूलाई सम्बोधन गर्ने कुरामा जोड दिइएको छ । आवधिक योजनाहरूमा समेत साइबर सुरक्षाका विषयलाई जोड दिइएको छ । सार्वजनिक तथा निजी क्षेत्रसमेतबाट साइबर सुरक्षाका क्षेत्रमा केही कार्यहरू भइरहेका छन् ।
विकासका संवाहक एवं उत्प्रेरकको रूपमा रहेको भनी सञ्चार र सूचना प्रविधिको क्षेत्रलाई परिभाषित गरिएको छ । यसले दिगो विकासको लक्ष्य प्राप्तिका लागि सबैले धान्न सक्ने गरी इन्टरनेटको पहुँचमा उल्लेख्य वृद्धि गर्ने उल्लेख गरेको छ । आधारपत्रले दूर सञ्चार सेवामा नागरिकहरूको पहुँच पुग्न नसक्नु सूचना प्रविधिको विकास र साइबर सुरक्षाका लागि पर्याप्त संरचनागत ब्यवस्थाको कमी हुनु, सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको न्यून उपयोग हुनु, सूचना प्रविधि उद्योग व्यवस्थित नहुनुलाई प्रमुख समस्याका रूपमा उठाएको छ । आधारपत्रले यो क्षेत्रको अवसरलाई पनि सूचीकृत गरेको छ । संविधानले सूचनाको हकको प्रत्याभूति गर्नु, डिजिटल नेपालको अवधारणाले महत्व पाउनु, शिक्षाको पाठ्यक्रमहरूलाई प्रविधिमैत्री बनाउन, प्रविधिको महत्वलाई आत्मसात् गर्नुलाई अवसरका रूपमा लिएको छ ।
त्यस्तै, थुप्रै निजी क्षेत्रहरूको लगानी वृद्धि हुनु, रोजगारका अवसर सृजना हुनु मोबाइल प्रयोगकर्ता वृद्धि हुनु, सूचना प्रविधिहरू विषयको स्कुलदेखि उच्च शिक्षासम्म अध्ययन अध्यापन हुनु, आमसञ्चारको क्षेत्रमा सूचना प्रविधिको प्रयोग बढ्दै जानु पनि अवसर हुन् । आगामी पाँच वर्षभित्र दुई लाख व्यक्तिलाई रोजगारीको अवसर हुने आँकलन पनि आधारपत्रमा छ । तर, चुनौतीलाई चिर्दै जान र अवसरलाई यथार्थमा बदल्न त्यति सहज भने छैन । त्यसका लागि भने विशेष खालका रणनीतिहरू र कदमहरू चाल्नुपर्ने हुन्छ ।
राष्ट्रिय साइबर सुरक्षा नीति, २०८०
राज्यव्यवस्थाको सञ्चालन, विकासको व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह तथा नागरिकका आवक क्रियाकलाप डिजिटल प्रविधिमा निर्भर हुँदै गइरहेको अवस्थामा साइबर सुरक्षा चुनौतीपूर्ण हुँदै गएको छ । दिनानुदिन बढ्दै गइरहेको व्यक्तिगत, संस्थागत डाटा चोरी/दुरूपयोग, सूचना प्रविधि प्रणालीहरूमाथिको अनधिकृत पहुँच, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना प्रविधि प्रणालीमाथि भइरहेका साइबर आक्रमणको प्रतिरक्षा गर्ने विषयलाई सुनिश्चित गर्न साइबर आक्रमणबाट हुनसक्ने क्षति रोक्न, न्यूनीकरण गर्न र भविष्यमा हुनसक्ने यस्ता आक्रमणबाट सुरक्षित रहनु अत्यावश्यक भएको छ ।
राज्य व्यवस्थाको सञ्चालन, विकासको व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह तथा जनताका दैनिक क्रियाकलाप सूचना प्रविधिमा निर्भर हुँदै गइरहेको अवस्थामा सूचना प्रविधि प्रणालीलाई थप भरपर्दो र सुरक्षित बनाई यसको प्रयोगमार्फत हुने सेवा प्रवाहमाथि जनताको विश्वास बढाउन आवश्यक देखिएको छ ।
एकातर्फ सुरक्षित सूचना प्रविधिको प्रयोगबाट पारदर्शी एवं प्रभावकारी सार्वजनिक सेवा व्यवस्थापनको अपेक्षा पूरा गर्नुपर्ने अवस्था छ भने अर्कोतर्फ नागरिक अधिकारका विश्वव्यापी मान्यता, नेपालको संविधानले प्रदत्त गरेको मौलिक हक कार्यान्वयन गर्नुपर्ने अवस्थासमेत छ । नेपालमा पहिलो पटक २०२८ सालमा राष्ट्रिय जनगणनाको तथ्यांग प्रशोधनका क्रममा कम्प्युटर प्रविधिको प्रयोग भएको हो । २०३१ सालमा कम्प्युटरसँग सम्बन्धित पहिलो संस्था सेन्टर फर इलेक्ट्रोनिक डाटा प्रोसेसिङ स्थापना भयो जसको नाम पछि राष्ट्रिय कम्प्युटर केन्द्र भएको छ ।
सूचना प्रविधि र सञ्चारलाई समृद्ध नेपालको आधार बनाउने परिकल्पना गर्दै गर्दा नेपालले समावेशी रूपमा सबै वर्ग, क्षेत्र, लिंग, भाषा र उमेर समूहका नेपालीलाई डिजिटल विकासमा कसरी जोड्ने, इन्टरनेटको अर्थपूर्ण पहुँच कसरी सुनिश्चित गर्ने इन्टरनेटलाई स्वास्थ्य, शिक्षा, सार्वजनिक सेवा प्रवाह, आयआर्जन, साना तथा मझौला व्यवसायको प्रवद्र्धन तथा संरक्षणमा कसरी रणनीतिक रूपमा प्रयोग गर्ने भन्ने बारेमा स्पष्टता प्रदर्शन गर्नु महत्वपूर्ण हुनेछ । त्यसैगरी ई-गभर्नेन्सलाई प्रभावकारी सार्वजनिक सेवा प्रवाह सुनिश्चित गर्न, खुला सरकार र खुला शासन प्रवद्र्धन गर्न, सार्वजनिक जवाफदेहिता सुनिश्चित गर्न र भ्रष्टाचार नियन्त्रणलगायत ईगभर्नेन्सलाई प्राथमिकीकरण गर्न जरूरी छ ।
त्यसका लागि आवश्यक कानुन तथा संयन्त्रको निर्माण तथा गठन, पूर्वाधार विकास, क्षमता अभिवृद्धिका साथै आमजनतामा सूचना तथा प्रविधि साक्षरता प्रवद्र्धन गर्नुसमेत महत्वपूर्ण हुनेछ । साथै, नेपालले राष्ट्रिय सुरक्षाको एक भागका रूपमा रहेको साइबर सुरक्षाको विषयलाई गम्भीरतापूर्वक लिई आवश्यक पूर्वाधार, नीति नियम, संरचना, क्षमता विस्तार, आवधिक सुरक्षा परीक्षण आदि अवलम्बन गरी डिजिटल प्रणालीको सुरक्षा विश्वसनीयता कायम गर्नु पनि अपरिहार्य छ । यी प्रयासहरूलाई प्राथमिकता दिँदै नेपालले आफ्ना सबै नागरिकका लागि समतामूलक डिजिटल सशक्तीकरणको मार्गप्रशस्त गरेमा सूचना प्रविधि र सञ्चारलाई समृद्ध नेपालको आधार बन्न सक्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच