इलाम । पत्रकार महासंघ इलाम शाखाले तयार पारेको पुस्तक ‘इलाम’ को विमोचन गरिएको छ । मंगलबार आयोजित एक समारोहमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर रानाले पुस्तक विमोचन गर्नु भएको हो ।
इलामको पत्रकारिता र समग्र जिल्लाको इतिहास समेटेर जिल्ला शाखाले पुस्तक तयार पारेको छ ।
‘हामीले इलामको पत्रकारिताको इतिहास खोज्ने कार्य प्रारम्भ गरेका छौ’, महासंघका अध्यक्ष बिप्लव भट्टराईले भन्नुभयो । ‘यो पुस्तक पत्रकारिताको अनुसन्धान गर्नेहरुका लागि उपयोगी दस्तावेज हो, यहाँ समावेश भएका विषयहरु थप खोजी गर्न सकिने खालका छन् ।’
तिन खण्डमा विभाजन गरिएको यो कितावमा ४६ जना लेखकहरुको विचार समावेश छ । २ सय ६२ पृष्ठ लामो किताबलाई इलामको पत्रकारिता जीवन्त अभिलेख उपमा दिईएको छ ।
पुस्तकमा इलामको पत्रकारिताको इतिहास, वर्तमान अवस्था, समस्या, सम्भावना, चुनौतीका साथै जिल्ला र विभिन्न पालिकाहरुको परिचय समेटिएको अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।
पुस्तकमा खण्ड-१ मा पत्रकारितासँग सम्बन्धि आलेख ३० वटा, खण्ड-२ मा इलामसँग सम्बन्धित १६ वटा आलेख र खण्ड-३ मा इलामका १० वटा पालिकाको परिचय समेटिएको छ ।
नेपाल पत्रकार महासंघ इलामले पहिलो पटक यो पुस्तक प्रकाशन गरेको हो । महासंघले पहिलो चरणमा पाँच सय प्रति पुस्तक प्रकाशन गरेको हो । यस्तै पुस्तक विमोचन कार्यक्रमकै अवसर पारेर पत्रकार महासंघ इलाम शाखाको आधिकारिक वेबसाईट समेत उद्घाटन गरिएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच