लण्डन । चेल्सीका मिडफिल्डर रोमियो लाभिया फेरि घाइते हुनुभएको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार वुल्भ्समा भएको खेलमा लाभियालाई टोलीमा समावेश गरिएको थिएन । प्रशिक्षक एन्जो मारेस्काले मिडफिल्डरलाई हृयामस्ट्रिङको सामान्य समस्या रहेको बताउनुभएको छ । लाभिया गत समरमा चेल्सीमा अनुबन्ध हुनुभएको थियो ।
तर, चोटका कारण लगभग पूरै सिजन उहाँले गुमाउनुभयो । गत साता म्यानचेस्टर सिटीसँग २-० ले पराजित हुँदा उहाँले प्रिमियर लिगमा आफ्नो पहिलो सुरुवात गर्नुभएको थियो । एट्लेटिको मड्रिडबाट चेल्सी फर्किनुभएका जोआओ फेलिक्सले बेन्चबाट सुरुवात गर्नुभएको थियो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच